![७७ जिल्ला ७७ सय वृक्षारोपण अभियान](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/Collaboration-for-planttaion-of-ncell.jpg)
पोखरा । लोकतन्त्र जमिन र जनतासंग नजोडिएसम्म यसले स्थायित्व पाउनसक्दैन । लोकतन्त्रको विकल्प निरंकुशता मान्नेहरूबाट लोकतन्त्र र समाजवादी विचारको मूलउच्छेदन हुनेतर्फ यसैकारण सबै सचेत हुनुपर्ने अनिवार्य अवस्था छ । सप्ताहव्यापी प्रशिक्षणक्रमका वक्ताहरूले यिनै विचारकासाथ लोकतन्त्रका पक्षमा सशक्त हुनुपर्ने आजको आवश्यकता रहेको बताउनु भएको छ ।
नेपाली कांग्रेस कास्की जिल्लाले आयोजना गरेको सप्ताहव्यापी प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षकका रूपमा हिमालय टाइम्सका सम्पादक तथा प्राध्यापक पुरुषोत्तम दाहालले लोकतन्त्रका लागि सक्रिय नागरिकहरूले सुरलित शब्दमा भन्दा सुरलित व्यवहारमा जोड्दिनुपर्ने बताउनु हुँदै लोकतन्त्रको चुनौती भनेको जनता र जमिनसँग जोडिन नसकेको कमजोर कांग्रेस र कमजोर लोकतन्त्रवादीहरू नै हुन् भन्नुभयो ।
कास्की कांग्रेसले १७ जेठदेखि लगातार सात दिनसम्म पार्टीका सदस्यहरूलाई प्रशिक्षण सञ्चालन गरेको थियो । पहिलो दिन जिल्ला कार्यसमिति, क्षेत्रीय समिति र प्रदेश समितिका सदस्यहरू, दोस्रो दिन कास्कीका सबै वडा समितिका पदाधिकारी र सदस्यहरू, तेस्रो दिन पार्टीबाट निर्वाचित सदस्यहरू, चौथो दिन दलित संघका पदाधिकारी र सदस्यहरू, पाँचौं दिन तरुण दल र नेपाल विद्यार्थी संघका पदाधिकारी र सदस्यहरू, छैटौं दिन महिला संघ सम्बद्ध पदाधिकारी र सदस्यहरू, सातौं दिन लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका सदस्य र पदाधिकारीहरूलाई राष्ट्रियता, लोकतन्त्र, समाजवाद, लोकतान्त्रिक आचरण, समाज रूपान्तरणको प्रश्नसहित वर्तमान अवस्थाबारे अन्तक्र्रियात्मक प्रशिक्षण संपन्न भएको जानकारी कास्की कांग्रेसले दिएको छ ।
सात दिनसम्म निरन्तर अन्तक्र्रियात्मक प्रशिक्षण सञ्चालन गर्नुभएका प्रा.दाहालका विचारमा : अनगिन्ती समस्याहरूको चाङमा बसेका नागरिक र सत्ताको शिखरबाहेक केही नदेख्ने नेतृत्वका बीच स्थापित दूरी अन्त्य नभएसम्म संघीय लोकतान्त्रिक गणतन्त्र आफैंमा कट्मिरो फलमात्र सिद्ध हुनेछ । प्रा.दाहाल र कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले असल मानिस, असल लोकतन्त्रवादी, असल कांग्रेस र जनतासँग जोडिनसक्ने सदस्यहरू विना राजनीतिक प्रणाली दूसषित हुने र केही मुठ्ठिभर मानिसहरूको नियन्त्रणमा सम्पूर्ण परिवर्तन बन्दी हुने खतरा रहेको विचार प्रकट गर्नुभएको थियो ।
लोकतन्त्रको अर्थ, राष्ट्रियता र समाजवाद, साम्यवाद निरंकुशतावाद र लोकतन्त्रका बीच भिन्नता, नेपालमा विकासका आधारहरू र संभावना, सामाजिक रूपान्तरणको प्रश्नसहित राजनीतिमा निष्ठाको महत्व, बीपी शिक्षा, राजनीतिक साक्षरताको अर्थ र आफैंमाथिको लगानी जस्ता विषयमा पनि चर्चा भएको थियो । महिला, दलित, आदिवासी जनजातिको उत्थान, उद्यमशीलता, उत्पादनशील समाजको सिर्जना र व्यवस्थापन, तरुण र रोजगारी पनि विमर्शको विषय भएका थिए । राजनीतिमा देखिएको अपसंस्कृति र यसविरुद्ध चाल्नुपर्ने अभियानवारे प्रशस्त छलफल भएको कास्की कांग्रेसले जनाएको छ ।
कार्यक्रममा अधिवक्ता तथा प्रजातान्त्रिक आन्दोलनका सुपरिचित व्यक्तित्व रामचन्द्र त्रिपाठी र युवा बुद्धिजीवी प्रताप पौडेललेसमेत आफ्ना विचारहरू प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पूर्वसभामुख तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट, संविधानसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य शारदा पौडेल, संविधानसभा सदस्य कृष्णकुमारी परियार, महिला नेतृ शकुन्तला गुरुङ, पार्टीका पूर्वसचिव पोषनाथ शर्मालगायत सहभागी हुनुभएको थियो ।
प्रत्येक दिनका पृथक कार्यक्रमका लागि नवीन सिग्देल, भानुभक्त ढकाल, देवेन्द्र भाट, शंकर ढुंगाना, युवक लामिछाने, युवराज कुँवर र माइकल कर्माचार्य र सदस्यहरूमा कपिलमणि दाहाल, तारादेवी गुरुङ, सुरेन्द्र अधिकारी, विकाश थापा, धनमाया गुरुङ, वेदहरि तिमल्सिना, वर्षाकेशव पराजुली, दीपक गुरुङ (माइला) मनबहादुर लाम्गादे, सरिता तिमल्सिना, सीता गुरुङ, मीना पाण्डे, चौबहादुर गुरुङ र आसबहादुर गुरुङ सदस्य रहनु भएको थियो । उपसभापति तथा प्रशिक्षण विभाग प्रमुख रामबाबु भण्डारीको सभापतित्वमा सञ्चालित सो प्रशिक्षण कार्यक्रममा महिलाहरूको सर्वाधिक सहभागिता रहेको थियो । करिब सात सय सदस्यहरू सहभागी प्रशिक्षण कार्यक्रमले कास्की कांग्रेसमा विशेष ऊर्जा प्राप्त विचार सहभागीहरूको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच