कामना र ट्रानक्वालिटी स्पाबीच सहकार्य

Read Time = 1 min

काठमाडौं । कामना सेवा विकास बैंक र ट्रानक्वालिटी स्पाबीच आइतबार मर्चेन्ट सम्झौता भएको छ । सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकका सम्पूर्ण ग्राहकले उक्त स्पाका सम्पूर्ण आउटलेटले प्रदान गर्ने मसाज थेरापी तथा सैलुन सेवामा २५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

साथै सदस्यता लिएका बैंकका ग्राहकले स्पाले प्रदान गर्ने सेवा सुविधामा ५० प्रतिशतसम्मको छुट हुने बैंकले जनाएको छ । बैंकसँग आबद्धताको प्रमाणका आधारमा सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?