गाईगोठबाट सुरु गरिएको पुस्तकालय अहिले अत्याधुनिक भवन र उच्च प्रविधियुक्त

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । ५५ वर्ष लामो इतिहास बोकेको गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा रहेको किरण पुस्तकालय हो । यो वि.सं.२०२५ सालमा गाईगोठबाट स्थापना भई यस जिल्लाकै इतिहास बोक्न सफल भएको छ ।

यस पुस्तकालयका अध्यक्ष शशी पन्थीले तत्कालिन समयमा आफुसँगका समकालिन साथीहरुसँग मोहर संकलन गरी गाईकोठबाट किरण पुस्तकालयको सुभारम्भ गरिएको बताउनुभयो ।

पुस्तक पढ्नका लागि मानिसहरु हुरुक्क हुने हुँदा त्यो समयमा १३० वटा पुस्तक संकलन गरी यहाँ पुस्तकालयको स्थापना गरिएको उहाँले बताउनुभयो । हालसम्म यस पुस्तकालयमा ११ हजार ६१४ पुस्तकहरु संग्रह गरिएको छ ।

तत्कालिन समयमा एक मोहरमा वर्षभरी पढ्न पाउने गरी सदस्यता बन्न सकिन्थ्यो । अहिले एक हजार रुपियाँमा वर्षभरीका लागि पाठक बन्न सकिन्छ । त्यो समयमा पुस्तकहरुको निकै अभाव थियो । पुस्तक पढ्नका लागि पाठकहरुको बेग्र इच्छा भएपछि सहजताका लागि पुस्तकालय खोलिएको अध्यक्ष पन्थीले बताउनुभयो ।

यस पुस्तकालयमा अहिले नेपाली, अङग्रेजी, हिन्दी भाषासँग सम्बन्धित संस्कृति साहित्य, विज्ञान इतिहास, राजनैतिक शास्त्र, धर्मदर्शन, पुराण लगायतका पुस्तकहरु संग्रह गरिएको छ ।

पुस्तकालयले नेपाली भाषा साहित्यको विकासका लागि ‘हाम्रो पुरुषार्थ’ प्रकाशन गर्दै आइरहेको छ । पुस्तकालय स्थापना पश्चात् वि.सं. २०३० सालदेखि वार्षिक रुपमा ‘हाम्रो पुरुषार्थ’ प्रकाशन प्रकाशन गर्दै आइरहेकोमा वि.सं. २०३६ बैशाखबाट अर्धवार्षिक र वि.सं. २०७० कार्तिक देखि त्रैमासिक रुपमा प्रकाशन गर्दै आइरहेको उहाँले बताउनुभयो । हालसम्म ९९ अंक प्रकाशन भएका छन् । पुस्तकालय अहिले एक सय अंक प्रकाशनको तयारीमा समेत रहेको छ ।

पुस्तकालयले विभिन्न कविहरुको जन्मजयन्ती नियमित रुपमा मनाउने, पुस्तकहरु प्रकाशन गर्ने, साहित्यिक सभा, सम्मेलन र गोष्ठी आयोजना गर्दै आइरहेको छ । इतिहास, संस्कृति, धर्म, दर्शन र साहित्यसँग सम्बन्धित कृतिहरु समेत प्रकाशन गर्दै आइरहेको उल्लेख गर्दै पुस्तकालयबाट ‘जानकी साहित्य पुरस्कार’ नियमित रुपमा वितरण गर्दै आएको उहाँले बताउनुभयो ।

पुस्तकालयमा इ–लाइब्रेरीको पूर्वाधार तयार गर्ने क्रममा कम्प्युटर तालिमको व्यवस्था गरिएको छ । अहिले १० वटा कम्प्युटर रहेका छन् । पुस्तकालयमा १५० भन्दा बढी आजिवन, बिशिष्ट सदस्यसँगै संरक्षक सदस्य रहनुभएको पुस्तकालयका अध्यक्ष पन्थीले बताउनुभयो । १३ आनाको जग्गामा अहिले किरण पुस्तकालय सुविधा सम्पन्न अत्याधुनिक भवन फैलिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?