पञ्जावी शीर्ष अभिनेत्रीमा सोनम बाजवा

Read Time = 2 mins

एजेन्सी । हालै सिनेमाघरमा आएको पञ्जावी चलचित्र ‘कैरी आन जट्टा ३’ बॉक्स अफिसमा इतिहास रचिरहेको छ । चलचित्रले बक्स अफिसमा धुम मच्चाइरहेका बेला यस चलचित्रकी मुख्य अभिनेत्री सोनम बाजवाको अभिनयलाई दर्शकले मन पराइरहेका छन् यी अभिनेत्रीको तारिफ भइरहेको छ ।

यो चलचित्रले उहाँलाई पञ्जावी सिनेमाको टप एक्ट्रेस बनाएको छ । सन् १९८९मा नैनीतालमा जन्मिभएकी सोनम बाजवाको पूरा नाम सोनम प्रीत कौर बाजवा हो ।

दिल्ली युनिवर्सिटीबाट ग्रेजुएशन गरेपछि सोनम मुम्बई जानुभएको थियो । उहाँले फेमिना मिस इण्डिया प्रतियोगितामा पनि भाग लिनुभएको थियो । मोडलिङपछि सोनम एयर होस्टेज बन्नुभएको थियो । तर अभिनयमै आफ्नो भविश्य खोज्दै उहाँले एयर होस्टेजको जागिर जोडनुभएको थियो ।

सोनामले २०१३ मा पञ्जावी चलचित्र ‘वेष्ट आफ लक’बाट डेब्यू गर्नुभएको हो । यसपछि उहाँले ‘पञ्जाव १९८४’ मा काम गर्नुभयो । उहाँले ‘मंजे बिस्त्रे’, ‘निक्का जेलदार’, ‘मुक्लावा’ जस्ता चलचित्रमा अभिनय गर्नुभएको छ । सोनम यतिबेला पञ्जावी चलचित्रको सबैभन्दा बढी डिमाण्ड गर्ने अभिनेत्री बन्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?