कैलालीको कैलारी गाउँपालिकामा राप्रपाको अग्रता

Read Time = 1 min

धनगढी । कैलालीको कैलारी गाउँपाकिलामा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अग्रता लिएको छ ।

कैलारी गाउँपाकिलामा आठ सय मतगणना गर्दा राप्रपाका होमबहादुर गुरुङ दुई सय ७० मत पाउँदै अग्र स्थानमा हुनु हुन्छ। यसअघि विजयी हुनुभएको माओवादी केन्द्रका लाजुराम चौधरी भने एक सय ६३ मत ल्याएर तेश्रो स्थानमा हुनुहुन्छ ।

कैलारी गाउँपालिकामा उपाध्यक्ष पदमा पनि राप्रपाकै उम्मेदवारको अग्रता रहेको छ । आठ सय मत गणना हुँदा उपाध्यक्षमा राप्रपाले दुई सय ३३, नेपाली कांग्रेसले दुई सय ५१ र नेकपा माओबादी केन्द्रले एक सय ८२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?