![सुदूरपश्चिममा सरकार गठनका लागि कांग्रेस र एमालेबीच छलफल](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/emale-congres-sudurpachchim.jpg)
✍️ कलानिधि दाहाल
अक्षर आफैँ कानुन होइनन्, दण्डव्यवस्था होइनन्, पुरस्कार होइनन् र मुक्ति पनि होइनन् । अक्षर हेरेर यिनको उद्घोष गर्नु लहडी जागिरदासको काम हो, पैसादासको काम हो र निकम्मा मनोविज्ञानको काम हो । मलाई एउटा घटना घरी घरी याद आउँछ । केही वर्षअघि अमेरिकामा एउटा कार दुर्घटनामा एक जना यात्रुको घटनास्थलमै निधन भएको थियो । मुद्दा चल्ने नै भयो- मृतकका आफन्तमार्फत । तत्कालीन आवश्यकताको विषय भएको भएर त्यसलाई अग्र पङ्क्तिमा राखेर पेसी तोकियो । पाँच/छ दिनमा नै निर्णय जनसमक्ष आयो । हामी सोच्छौँ- कारचालक दण्डित भयो । अर्को सोचाइ पनि सामु खडा हुन्छ कतै डलरको खेल भएका खण्डमा चालक जेल नपर्न पनि सक्छ । हामी सामान्य मान्छेले यो सोच्नु आश्चर्य पनि होइन ।
मलाई कस्टडीभित्रको अनुभवले त यहाँका काला कोट भिर्ने साना वकिलदेखि सुरक्षा घेराका न्यायाधीशले पनि यही सोच्छन् मात्र होइन गर्छन् पनि यही । अचम्मको कुरा त्यहाँका अदालतका लागि कुनै यी दुवै अनुमान बहसका विषय नै बनेनन् । यी दुवै पक्षलाई सफाइ दिएर
कैयौँ वर्षअगाडि बनेको सडकमा, सडकका लट्ठी ठड्याउने वा एउटा आँखो चिम्लिएर अर्को आँखाले सुदूरसम्म हेर्ने वा नियाल्ने इञ्जिनियर सजायभागी भए । कारण सडक निर्माणमा रौँ मात्रको त्रुटि अलिकति नमिलेकाले कार दुर्घटनामा परेको हो । यति मिहीन शैलीमा केलाउनुपर्छ भनेर अक्षरले कागजमा लेखिदिएको हुन्छ र ? यो त वकिल, वकिलभन्दा पनि न्यायधीशको अन्तरात्माको स्वविवेकी अधिकारको बिर्को खुल्नुपर्छ, त्यस तहको चेतनात्मक गहिराइ हुनुपर्छ ।
सुरक्षाकर्मीले हत्कडी भिराए हाँस्दै । म जीवन र जगत्का कुनै पनि कुरालाई या आगमनलाई गम्भीर रूपमा नलिने मान्छे भएकाले उनलाई प्वाक्क भनिहालेँ- होइन म कहाँ भाग्छु र यो भिराएको ? उनले पनि ट्वाक्क भनिहाले- नियम हो नि त यो ।
यो अन्तर चेतनाको उचाइ जबसम्म जन्मजन्मान्तरसम्म अक्षरका इशारामा बहसका ठेलीहरू निर्मित हुन्छन् । अपराधी मुक्त हुन्छ र निरपराधीले सजायभागी हुनुपर्दछ । छिमेकी मित्रराष्ट्र भारतको दार्जेलिङमा भएको अर्को घटनाको सम्झना मलाई त्यसै बेला भयो जुन बेला कस्टडीभित्रै वकिल बयानका प्रश्नहरू फालिरहेका थिए । म एक थोक भनिरहेको थिएँ उनी अर्कै थोक कागजमा चढाइरहेका थिए । सुरुमा प्रवेश गर्दा डिएसपीले हल्लाएका अभद्र ओठ, गरेका असैहृय अभद्र व्यवहार, कोठामा पठाउँदाका तौरतरिकाको मात्र विश्लेषण गर्यो भने पनि स्पष्ट हुन्छ- भद्र, धैर्यवान कहीँ कतै कहिल्यै अपराध गर्नै नसक्ने व्यक्ति परिबन्दमा परेर वा हुलमुलमा झुक्किएर कस्टडीमा पुग्यो भने ऊ या त अपराधी भएर निस्कन्छ या त लामो समय जेलको कालकोठरीमा बाँच्न विवश हुन्छ ।
यी सबै कुराका कारक भनेका नै पास हुनाका लागि पढ्ने, जागिर खानाका लागि प्रमाणपत्र लिने व्यक्ति शिक्षा क्षेत्रमा लागे टेपरेकर्डर, निजामती सेवामा लागे भ्रष्ट घुस्याहा, सुरक्षा क्षेत्रमा लागे ओठभरि फोहोरको वर्षा र हातमा लट्ठी, न्यायक्षेत्रमा लागे तल छउञ्जेल दहीचिउरे वा बेतलौरी र माथि पुगेपछि अक्षरका आँखा र आवजमा मौनता । तेस्रो विश्वको पारदर्शी ऐना यही हो । लामो समय चुरोट पिउन नपाउनुको विवशता एउटा चुरोटप्रेमीका लागि मृत्यु बराबर हो । त्यस दिनको आज अदालत जाने जुरेको छ ।
त्यो समय उडेर आओस् या गुडेर जसरी भए पनि छिटै आओस् । बेला भयो । सुरक्षाकर्मीले हत्कडी भिराए हाँस्दै । म जीवन र जगत्का कुनै पनि कुरालाई या आगमनलाई गम्भीर रूपमा नलिने मान्छे भएकाले उनलाई प्वाक्क भनिहालेँ- होइन हो म कहाँ भाग्छु र यो फलामे डाँक्लो भिराएको ? विचरा उनले पनि ट्वाक्क भनिहाले- नियम हो नि त यो । कति अन्धकारमा छौँ हामीहरू ! बिरालो बाँध्ने चलनको अन्धविश्वास, सही ज्ञानार्जन नभएको परिणाम । मनोरेसा केलाउँने अक्षरका औँला नबन्नुको शरीर । लामबद्ध लहरै पाँच, सात, दश जतिको हुन्छ लाई भिराएर हत्कडी- ख्वाट्याक् ! ख्वाट्याक् !! ख्वाट्याक् !!!
रमाइलो पनि, नयाँ अनुभव पनि त छँदै छ । खुला ट्रक जसलाई प्रचलित शब्दमा पुलिसको भ्यान भने पनि फरक नपर्ला । आकारमा मात्र सानो ठूलोको आयतन हो । हुइय हनुमान ढोकाबाट वसन्तपुरको तातै किन नहोस् मौसमले गर्दा हावा खाँदै छिरियो अदालतभित्र । अझ रमाइलो त कथित हुन् वा सही अभियुक्तहरू सबै ट्रकको भित्रपट्टि घुस्न चाहँने बाहिरका मानिसले नदेखुन् भनेर । कति टीठलाग्दो मानसिकता छ । ठीक उल्टो मलाई चाहिँ बाहिर देखिनुपर्ने । अनि त म भन्थेँ- मलाई सबैभन्दा पछि चढाउनोस् न है । यस अवस्थासम्म त लाने ल्याउने सुरक्षाकर्मी पारिवारिक बनिसकेका थिए । ख्यालठट्टा गर्ने, जिस्किने, हाँस्ने, गफ गर्ने । कस्टडी एउटा घर र त्यहाँका अभियुक्तलगायत पुलिसहरू एउटा परिवार नै भइसकेको थियो ।
रोचक प्रसङ्ग त त्यस दिन तराईबाट भर्खर सरुवा भएर आएका श्रेष्ठ थरका न्यायाधीशको बेन्चमा रहेछ मेरो मुद्दा । एकजना लेखन्दास प्रश्न सोध्छन्- उत्तर दिन्छु । नजिकै न्यायाधीश छन् । अलिकति अप्ठ्यारो सम्बोधन गर्दै उनलाई सोधेँ मैले । अप्ठ्यारो यस अर्थमा कि यो औपचारिक जिब्रो उचाल्न मलाई कतै नि मन लाग्दैन तर त्यहाँ त उचाल्नै छ । मलाई विश्वास छ मेरो चेतनाभन्दा माथि न्यायाधीश छैनन् । उनलाई एउटा आग्रहको पर्दाले छोपेको छ-‘यो अपराधी नै हो’ भन्ने । त्यसैले त अभियुक्तहरू कहिलेकहीँ आक्रामक भएर बेन्चमै हात हत्कडीले बाँधिए पनि लात उठाएर उनीहरूमाथि जाई लाग्छन् ।
सुरक्षित घेराभित्र उनीहरू भएपछि त खुला रूपले कानुनी शब्दजाल नभई विवेकशील मनोलोक फिँजाएर आरामले अभियुक्तसँग कुराकानी गर्न उनीहरूलाई केको आपत्ति ? अनि पो न्यायाधीशहरू जनताका आँखाका नानी, न्यायका जवानी बन्छन् । अदालतप्रतिको विश्वास भुइँबाट आकाशमा अग्लन्छ । ‘म आत्माको आवाज व्यक्त गर्न पाउँछु ?’ कैयौँ पटक मैले यो प्रश्न न्यायाधीश सम्बोधित भएर गरेँ । अहँ, हो होइन केही छैन । हुन्छ हुन्न केही छैन । ढुङ्गोवत् । मानौँ उनी ईश्वर हुन् स्वर्गको ढोका खोलेर ओर्लेका । हामी अभियुक्तहरू उनीहरूका भक्त हौँ ।
यस दासताको परम्परावादी कुसंस्कारका मनलाई सुनामीले नसुताउञ्जेल वा चैतको डढेलोले खरानी नबनाउन्जेल गजब देशमा अजबका खेलहरू भइरहन्छन् । तैपनि मैले प्रश्नकर्ताका उत्तरमा आत्माका आवाजमात्र राखेँ । बाबु नै किन नहुन् अपराधी छन् भने पहिलो दण्ड उनैलाई दिने र दिनुपर्छ भन्ने म, मलाई केको आपद् ? बाघ नै होस्, सामु नपरुन्जेल परिएला भन्ने डर परिसकेपछि केको डर ? मुक्का हान्ने वा लात हान्ने त्यसै बेलाको निर्णय हो ।
दनादन दिएँ अध्यक्षदेखि ठगका साइदुवाहरू जसले छलछाम गरेर मलाई त्यहाँ पुर्याए । अर्को रमाइलो यस बिन्दुमा चाहिँ के भयो भने जे भनेँ त्यही लेखियो । यो सुखद् पक्ष थियो र मेरो अपेक्षा पनि थियो म हाजिर जमानीमा छुट्छु । केको हुनु ? तिनै साधारणीकृत र अन्धविश्वासका आग्रही घुर्मैला गगल्स बनेकाहरूले एउटै खाल्डोमा जाके । अब मैले निर्णय गरेँ- मानवताको गुलाफ नै नरोपिएका ठाउँमा बासनाका आशाले नाकका पोरा फुलाउन खोज्नु पनि अर्को अज्ञानता रहेछ । खुसुक्क सुरक्षाकर्मीको कानमा मन्त्रोच्चारणपछि हामी ट्वाइलेटको लाममा लाग्यौँ ।
लामको प्रतीक्षालयमा जिन्दगीका धेरै सर्काहरू तानिए । आनन्दको पनि एउटा उन्मादित क्षण हुन्छ । सन्तुलन रहेन भने यो नै विचलनको बिन्दु बन्न पुग्छ । एक क्षेत्रको मात्र होइन सर्वत्र । यसको अनुभूति हृदयमा हुनासाथ मान्छेका लागि चेतनाको अर्को विश्वविद्यालय चाहिन्न । न्यायका लागि कुनै न्यायालयको जग खन्नु पर्दैन । माध्यमका रूपमा कुनै न्यायाधीशको मूर्ति साक्षी राख्नु पर्दैन । त्रासका कुनै तगारा आवश्यक छैनन् । विवेकहीन कुनै तराजुका ताँदा तेस्र्याउनु परोइन ।
सायद कार्लमाक्र्सले आउँने पिँढीको वास्ता नगरी वा गरेर पनि अघिल्लो पुस्ताअनुकुलको संस्कार नै पछिल्लोमा पनि हुने एउटा काल्पनिक अनुमानमा साम्यवादको कल्पना, राज्यविहीन राज्यको निष्कर्ष निकालेका हुन सक्छन् । यो पूर्वीय परम्पराका ऋषिमुनिले ठानेको आर्षसमतावादी दर्शन हो । सम्भवत कार्लमाक्र्स पनि यसै परम्पराबाट प्रभावित भएको हुनुपर्छ । लामो समयपछि हतार हतार तानिएका चुरोटका सर्काका सुखद् मादले यति माथि पुर्यायो कि एक छिन् त सन्तुलित हुन उभिनु नै पर्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच