तरकारी किसानहरुद्वारा कलैया उपमहानगरपालिका घेराउ

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 5 mins

बारा । बाराका तरकारी किसानहरुले मंगलबार कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् ।

एक सय भन्दा बढीको संख्यामा आएका किसानहरुले विहान ११ बजेदेखि कलैया उपमहानगरपालिका घेराउ गरेका हुन् ।

कलैया बजारमा किसानलाई सेड उपलब्ध गराउन र उपमहानगरपालिकाले जफ्त गरेको तरकारीको क्षतिपूर्तिको माँग गर्दै किसानहरुले उपमहानगरपालिकाको कार्यालय घेराउ गरेको कलैया उपमहानगरपालिका ८ खपरताताका किसान रोहित कुमार चौरसियाले बताउनुभयो ।

सेड नपाएर आफुहरुले कलैया बजारमा बेच्न राखेको हरियो सागसब्जी र तरकारी नगर प्रहरीले नियन्त्रणमा लिएर उपमहानगरपालिकामा लगी कुहाएकोले उचित क्षतिपूर्ति नगरपालिकाले दिनु पर्ने चौरसियाले माग गर्नुभयो ।

नगर प्रहरीले गएको चैत्र ३ गते करिब ५० जना बढी किसानको तरकारी नियन्त्रणमा लिएको थियो ।
चैत्र १ गते कलैया उपमहानगरपालिकामा किसान र कलैया उपमहानगरपालिकाका नगरप्रमुख विनोद प्रसाद साह बीच २ गते भित्र किसानको शेड खाली गरिने मौखिक सहमति भएको चौरसियाले बताउनुभयो ।

सहमति अनुसार नगरप्रमुख साहले किसानहरुको शेड खाली गराउनु भएन उहाँले भन्नुभयो,‘ किसानको शेड खाली नगराएपछि शेडसँगै टाँसिएर रहेको बाटोको लागि छोडिएको ठाउँमा हामी बाध्य भएर चैत्र ३ गते तरकारी बेच्न शुरु गर्यौ त्यही बेला नगरप्रहरी आएर हाम्रो हरियो सागसब्जी र तरकारी नियन्त्रणमा लिएर गयो । त्यसपछि हामी नगर प्रमुख साहलाई हाम्रो समस्याको बारेमा अवगत गरायौ उहाँले नआतिन आग्रह गर्नुभयो । चैत्र ६ गते भित्र किसानको लागि बनाइएको शेड व्यापारीहरुबाट खाली गराउने र नियन्त्रणमा लिइएको तरकारीको क्षतिपूर्ति दिने नगरप्रमुख साहले भनेको चौरसियाले बताउनुभयो ।

तर अहिले आएर नगरप्रमुख साहले नियन्त्रणमा लिइएको तरकारी लिएर जानुस र विक्री वितरण गर्नुस हामी क्षतिपूर्ति दिन सक्दैनौ र तत्काल शेड खाली गराउन सकिदैन भनेको कारण हामीहरु कलैया उपमहानगरपालिकाको कार्यालय घेराउ गर्न पुगेको उहाँले बताउनुभयो ।

नियन्त्रणमा लिइएको हरियो सागसब्जी र तरकारी सबै कुहिएको छ, उहाँले भन्नुभयो अब यो तरकारी कसले किन्छ हामी कहाँ जाने को सँग गुहार माग्ने ? आफूले जिताएको जनप्रतिनिधिले समेत सौता व्यवहार गरेको कारण हामी किसानहरु मर्नु न बाँच्नुको दोसाधमा पुगेको उहाँले जानकारी दिनुभयो ।’

नगरप्रमुख साहले कलैया उपमहानगरपालिकालाई आफना आसेपासेको भर्तिकेन्द्र बनाएको नेपाल मजदुर किसान पार्टीका बारा जिल्ला अध्यक्ष मुक्ति यादवले आरोप लगाउनुभयो ।

कलैया उपमहानगरपालिका अहिले भ्रष्टाचारीहरुको अड्डा बनेको छ, उहाँले भन्नुभयो,‘नगरप्रमुख साह निर्वाचित भएर आएपछि कुनै ठोस काम हुन सकेको छ्रैन । आवश्वास मात्र बाँडदै हिडेका छन् । उपमहानगरपालिकालाई एमालेको भर्तिकेन्द्र बनाएका छन् । किसानहरुको समस्या समाधान गर्नु भन्दा झन बल्झाउने काम गरेका छन् । अभावै अभावमा किसानहरुले उब्जाएको तरकारी बाली नालीको विक्री वितरणको व्यवस्था मिलाउनु त कता हो कता उनीहरुले उब्जाएको समान नियन्त्रणमा लिएर दुःख दिने काम मात्र गरेको यादवले आरोप लगाउनुभयो ।’

कलैया उपमहानपगरपालिकाको खप्परताता, बिश्वम्भरपुर, सितलपुर, बरेवा लगायत गाउँका किसानहरूले उपमहानगरपालिकाको कार्यालय घेराउ गर्नु भएको थियो ।

फोटो : कलैया उपमहानगरपालिकाका नगरप्रहरीले नियन्त्रणमा लिएको हरियो सागसब्जी कुहिएको अवस्थामा ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?