भिजी इम्पेक्स र प्रभु बैंकबीच वित्तीय सम्झौता

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । भिजी इम्पेक्स प्रालिको नेपालमा जिडब्लुएम सवारीसाधनको आधिकारिक बिक्रेता र प्रभु बैंकबीच जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ०३ इभीका लागि वित्तीय सम्झौता गरिएको छ । सम्झौतामा बुधबार भिजी इम्पेक्स जिडब्लुएम नेपालका भाइस-प्रेसिडेन्ट रूपेश शर्मा भट्ट र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत रेनुप्रसाद पाण्डेले हस्ताक्षर गर्नुभएको हो ।

जिडब्लुएमको इलेक्ट्रिक गाडी ओरा ०३ इभी खरिद गर्न चाहने ग्राहकलाई सहज रिटेल फाइनान्सिङ अनुभव प्रदान गर्नेे, प्रतिस्पर्धी ब्याजदर र कर्जा अवधि उपलब्ध गराउने उद्देश्यका साथ सहकार्य गरिएको कम्पनीले जनाएको छ ।

सम्झौताअनुसार प्रभु बैंकले १२.०६ प्रतिशत ब्याज दरसहित अटो कर्जा प्रदान गर्नेछ भने बैंकले आफ्नो निर्णयका आधारमा ब्याजदर समायोजन गर्न सक्नेछ । अटो लोन फाइनान्सिङमा बैंकले व्यक्ति र फर्म दुवैका लागि कर्जा रकमको ८० प्रतिशतसम्म उपलब्ध गराउनेछ । नियमित अधिकतम् कर्जा अवधि पाँच वर्ष हुने भए पनि विशेष अवस्थामा सात वर्षसम्म बढाउन सकिने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?