आफू सत्तामा टिकिरहन वा सत्तामा पुग्न कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूले जस्तोसुकै हर्कत गर्न पछि परेका छैनन् । हाकाहाकी जनता समाजवादी फुटाएकोमा गर्व गर्नेहरूबाट देश र जनताको भलो होला भन्नु व्यर्थ छ । माथि उल्लेखित पार्टीहरूको एकमात्र उद्देश्य सत्तामा टाँस्सिइरहने र देश लुटिरहनेबाहेक अरू कुनै सोच देखिँदैन । त्यसैले सत्तामा रहिरहनका लागि निर्लज्ज कर्महरू गरिरहेका छन् । यिनीहरूका यस्ता हर्कतबाट आजित नेपाली नागरिकहरूको मन जित्न दुर्गा प्रसाईंजस्ता सफल हुँदै गरेको अवस्था विद्यमान छ । मंसिर ४ २०७९ मा सम्पन्न प्रतिनिधिसभाको चुनावी परिणामले राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित ढंगले प्राप्त सफलताले तिलमिलाउन थालेका पुराना दलहरू अहिले अनेक जालझेल र षड्यन्त्रको माखेसाङ्लोमा लागेको प्रष्टसँग देखिँदै छ ।
जब बालेन (बालेन्द्र) साह काठमाडौंमा स्वतन्त्र चुनाव लडेर मेयर बने, त्यसले कांग्रेस र एमालेको आँखा खोलिदियो । त्यसपछि उनीहरूले (कांग्रेस एमाले ) क्रमशः काठमाडौंका मेयर बालेन साह, धरानका मेयर हर्क साङपाङप्रति बक्रदृष्टि लगाउन थालेको पाइन थाल्यो । त्यस्तो बक्रदृष्टि रास्वपातिर पनि लाग्न छाडेन तर तिनै बकेर्ना पार्टीहरू रास्वपा र स्वतन्त्र मेयरहरूलाई कसरी किनारा लगाउन सकिन्छ भन्ने रणनीतिक चालहरू खेल्न थालेका संकेतहरू देखिने गरी छताछुल्ल हुन पुग्यो । त्यसको उदाहरण हो कतै भँगेरा र विदेशी ब्वाइ फ्य्रान्डसँग माइत घुम्न आएकी फुत्त मन्त्री भइछन् जस्ता अशोभनीय र अशिष्ट बोली बचनले निरुत्साहित गराउने चेष्टा नितान्त निन्दनीय छ ।
रास्वपाका सभापति रवि लामिछानेमा पनि अहंकारले छोपेजस्तो छ । यो नै नेपाल र नेपालीको दुर्भाग्य हो । महान् मान्छेले आफ्ना गल्ती कमिकमजोरी सच्याउँदै जाने गर्दछन् । तर, रवि लामिछानेले सहकारी प्रकरणमा दम्भ देखाउँदै भूल स्वीकार नगरी अर्को गल्ती गरिरहेका छन् ।
नयाँ-नयाँ शक्ति र युवाहरू देशको सकारात्मक विकास र समृद्धिको सपना बोकेर आउनेहरूलाई साथमा लिएर समृद्धिको ढोका ढक्ढक्याउनुपर्नेमा उल्टै निरुत्साहित गर्न पुराना दलहरूको जुन प्रयत्न देखियो त्यो मुलुकका लागि अभिशाप नै हो । यद्यपि रास्वपाका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने केही हदसम्म आफ्नै कारणले पतन्नोमुख भए पनि त्यस पार्टीमा अझै केही आश गर्ने खालका होनहार युवाहरूको बाक्लो उपस्थिति देख्न सकिन्छ । एउटै घटनाबाट सबै असल र चरित्रवान युवा नेताहरूको चरित्र धुमिल हुनुहुँदैन ।
त्यसतर्फ रास्वपाका नेताहरू अरू गम्भीर हुनुपर्ने देखिन्छ । स्मरण रहोस् यी पुराना पार्टीका नेताहरू चाहे उमेरले युवा नै किन नहून् तर मानसिकता पुरानै छ भन्ने कुरा बिर्सनु हुँदैन । किनकि उनीहरूको स्कुलिङमा कुनै फरक छैन । यसर्थ नयाँ इच्छाशक्ति, जनताको आवश्यकता र चाहना पूरा गर्ने लक्ष्यका साथ राजनीतिमा आउनु हुनेहरूलाई हतोत्साहित होइन प्रोत्साहन गर्नु नै राजनीतिको मूल उद्देश्य हुनुपर्ने हुन्छ तर आज त्यसको ठीक उल्टो व्यवहार र चरित्र देखिनु निन्दनीय कार्य हो ।
बुझाइ र विश्लेषण आआफ्नै भए पनि व्यवहारमा देखिएका गतिविधिले पुराना दलहरूले अरू नयाँ शक्ति र व्यक्तिलाई टिक्न नदिनेजस्तो व्यवहार प्रदर्शन गरिरहेका छन् । मानौं कांग्रेस कम्युनिष्टहरू बुढो गोरुले भकारो ओगट्न खोजेको अवस्थामा मात्र देखिन्छन् । यिनीहरूले सत्तामा रजगज गरेको झण्डै ३४/३५ वर्ष पुग्न लाग्यो तर उल्लेख्य कुनै काम भएको जनताले अनुभूति गर्न पाएका छैनन् । यसर्थमा पनि अहिले कांग्रेस कम्युनिष्टका लागि नयाँ पार्टी र व्यक्ति जो जनताको आवाज बुलन्द गर्दै राजनीतिमा आएका छन्, तिनीहरू कबावका हड्डीको रूपमा रहेका छन् ।
त्यसैले पनि पुराना रैथाने दल कांग्रेस कम्युनिष्टहरू भोलिका आशाका केन्द्रका रूपमा हेरिएकाहरूको तेजोबध गर्दैछन् । यस्तो व्यवहार र चरित्र लोकतान्त्रिक प्रणालीमा किमार्थ शोभनीय हुँदैन । विशेष इच्छाशक्तिका साथ राजनीतिमा प्रवेशका नयाँ शक्तिलाई बढावा दिनु पुराना राजनीतिक शक्तिको कर्तव्य पनि हो । राजनीति सधैँ सत्तामा टाँसिइरहनु मात्रै नभई देश र जनताको बृहत्तर हित वा समृद्धिको पक्षमा लाग्नु हो । त्यसको आफू वा आफ्नो पार्टी जहाँ बस्दा उपयुक्त हुन्छ त्यहीँ रहन तयार हुनुपर्छ तर यहाँ हेर्दा त्यस्तो केही देखिँदैन । एकले अर्कोलाई कसरी सिध्याउने हो त्यो मात्रै ध्याउन्न देखिन्छ । यस्तो प्रवृत्तिको अन्त्य नभएसम्म नेपालीको चाहाना र आवश्यकता जस्ताको त्यस्तै रहने निश्चित छ ।
अहिलेको ताजा स्थिति हेर्दा लाग्छ यी पुराना शक्तिहरू अझै सच्चिने दिशातर्फ पवृृत्त देखिँदैनन् । साथै रास्वपाका सभापति रवि लामिछानेमा पनि अहंकारले छोपेजस्तो छ । यो नै नेपाल र नेपालीको दुर्भाग्य हो । महान् मान्छेले आफ्ना गल्ती कमिकमजोरी सच्याउँदै जाने गर्दछन् । तर, रवि लामिछानेले सहकारी प्रकरणमा दम्भ देखाउँदै भूल स्वीकार नगरी अर्को गल्ती गरिरहेका छन् । भूल सबै खाले मानिसबाट हुन्छ र गल्ती सच्याउनाले महान् भइन्छ भन्ने ख्याल नराख्नु अर्को महाभूल हो । यस्तै कमिकमजोरीको जरा भेट्टयाएका कथित ठूला भनाउँदा दलहरूले रविलाई खेद्न छाडेका छैनन् ।
नेपालका उदाउँदा ताराहरू बालेन साहदेखि हर्क साङपाङ र गोपाल हमालसम्मको तेजोबध गर्ने कसरतमा यी पुराना राजनीतिक दलहरू योजनाबद्ध तरिकाले लागिपरेका छन्, जुन काम नेपाल र नेपालीका लागि अत्यन्तै घातक हुनेछन् । स्वतन्त्र रूपमा चुनाव जितेर आएकाहरूलाई हतोत्साहित गरिनु उचित होइन ।
सत्ता र शक्तिको आडमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि के कम सरकारको चाबी छ भन्ने कुरा राम्रैसँग बुझेकाले मनोवैज्ञानिक ढङ्गले सत्ता साझेदार प्रमुख घटक एमाले र स्वयम् प्रधानमन्त्रीलाई समेत आफ्नो बचाउका लागि दबाब सिर्जना गरिरहेको अनुभव गरिँदैछ । यद्यपि एमाले अध्यक्ष केपी शर्मा ओली भने बेलाबखत व्यंग्य कस्न बाँकी राख्दैनन् । ओलीको त्यस्तो प्रवृत्तीले रवि लामिछानेलाई चस्का पसेको हुनुपर्छ । त्यसैले कहिलेकाहिँ त यो सरकार कुनै पनि समयमा ढल्ने सम्भावना देखिँदै छ । यस सन्दर्भलाई मनन गर्दा केपी शर्मा ओलीको पुरानो दृष्टिकोण (मध्यावधि निर्वाचन) नै ठीक थियो भनी प्रमाणित गराउन खोजेजस्तो पनि भान हुन थालेको छ । त्यसैले केपी शर्मा ओलीले कतिपय अशोभनीय र अशिष्ट हर्कत प्रदर्शन गर्दै आएका पनि हुन सक्छन् । यी सबै गतिविधिले नेपालीहरूका भोलिका आशामाथि बक्रदृष्टि परेको अनुभूति गरिँदै छ ।
नेपालका उदाउँदा ताराहरू बालेन साहदेखि हर्क साङपाङ र गोपाल हमालसम्मको तेजोबध गर्ने कसरतमा यी पुराना राजनीतिक दलहरू योजनाबद्ध तरिकाले लागिपरेका छन् जुन काम नेपाल र नेपालीका लागि अत्यन्तै घातक हुनेछन् । स्वतन्त्र रूपमा चुनाव जितेर आएका कुनै पनि जनप्रतिनिधिलाई हतोत्साहित हुने गरी कुनै पनि वक्तव्याबाजी गर्नु पक्कै पनि उनीहरूलाई जनताको काम गर्न नदिनु हो । आज बहुसंख्यक नेपालीले आश गरेका स्थानीय जनप्रतिनिधिलाई निरुत्साहित गरिँदै गरेको अवस्था विद्यमान छ जुन काम घोर घृणित र निन्दनीय छ । धरानका मेयर हर्क साङपाङले पनि त्यत्तिकै जनताले प्रत्यक्ष राहतको अनुभूति हुने कामको हुट्हुटी लिएर आफैँ फिल्डमा खटेका छ्न तर उनलाई पनि काम गर्न वातावरण बिथोलिराखेजस्तो छ ।
काठमाडौं महानगरमा त झनै मेयरका हरेक कदममा अवरोध गरिँदै छ तर हेक्का रहोस् उनीहरूले चालेका विकास निर्माणका कदमहरू जनअनुमोदित छन् । त्यसको हिसाबकिताब जनताले उपयुक्त समयमा अवश्य गर्ने छन् । दलहरूप्रति जनताको आकर्षण क्रमशः यही कारणले घट्दै गएको पनि देखिँदैछ । तसर्थ नेपाली नागरिकको बढ्दो चेतनाको स्तरलाई होच्याएर उनीहरूको इच्छा र आवश्यकतामाथि बज्र प्रहार जसजसले गर्दै आएका छन् तिनीहरूले आजैबाट तुरुन्त त्यस्ता जनविरोधी कार्यहरू नगरून् । दलीय स्वार्थको बसमा परेर नागरिकहरूको आवाजलाई नजरअन्दाज गरे ठूलो दुर्भाग्य हुनेछ । जनताबीच सत्य हुन उनीहरूसँग खेलबाड गरे के हुन्छ विचार पु¥याउनु जरुरी छ ।
त्यसैले नागरिकहरूले आश गरेका स्वतन्त्र जनप्रतिनिधिका योजनाबद्ध विकास निर्माणका कार्यमा कुनै पनि व्यवधान खडा गर्नेतिर नलाग्नु नै पुराना र रैथाने दलहरूको पक्षमा देखिन्छ । नेपाल सिंगो केन्द्रीय राज्यसत्ता काठमाडौंको एउटा मेयरसँग यति साह्रो तर्सनुपर्ने स्थिति कसरी आयो ? यो अहम् प्रश्न बनेको छ । आज जनमत बालेनतिर सोहोरिएको छ । बहुसंख्यक नेपालीहरूको मुखमा बालेन/बालेन झुण्डिएको प्रष्ट हुँदाहुँदै किन यो दुष्टता गरिरहेका हुन् बुझ्न गाह्रो भइरहेकोे छ । बालेनको चुनाव चिहृन ‘लौरो’बाट तर्सिएका पुराना दलहरूले अहिले नै षड्यन्त्र गरेर उक्त ‘लौरो’ चुनाव चिहृन सिज गराउन अनेक टिकडमबाजी गरिसके । तर ‘लाउने कोललाई धुलो न फुलो’ भनेजस्तै हुनेमा स्वयम् सचेत र जागरुक नेपाली नागरिक ढुक्क देखिन्छन् । यसर्थ पुराना राजनीतिक शक्तिहरूले अरू कसैको बाटोमा तगारो बनेर खडा नहून् भन्ने नेपालीहरूको चाहनामा ठेस नलागोस् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच