![स्थिर सरकार नबनेकाले मुलुकमा विकासले गतिलिन सकेन : महासचिव पाखरेल](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/sankar-pokharel.jpg)
काठमाडौं । बागमती प्रदेशका जयस्नु महर्जनले यू-१५ विद्यालय खेलकुदको टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जित्नुभएको छ । दुवैले डबल्स स्पर्धामा स्वर्ण जित्नुभएको हो । पोखरा रंगशालास्थित कभर्डहलमा भएको ब्वाइज डबल्स फाइनलमा जयस्नु र आर्यन शाहीको जोडीले बागमतीका रिजन शाक्य र एरिश शाक्यको जोडीलाई ११-९, ११-५, १०-१२ र ११-८ को सेटमा पराजित गर्नुभयो । लुम्बिनीका सुविन क्षेत्री र सुविन थापा तथा गण्डकीका दीपनिशान शाही र स्वर्णिम तिमल्सिनाको जोडी तेस्रो हुनुभयो ।
गल्र्स डबल्सको उपाधि भिडन्तमा सुरम्यले नर्मदा खाइतुको जोडीसँग मिलेर बागमतीकै प्राज्ना महर्जन र आस्मा महर्जनको जोडीलाई ११-७, ११-६, ८-११ र ११-८ को सेटमा हराउनुभयो । लुम्बिनीका सचिना पुरी र राशि बराल तथा गण्डकीका राजश्री अधिकारी र सक्रिय पोखरेलको जोडी तेस्रो बन्नुभयो ।
मिक्स डबल्सको फाइनलमा जयस्नु र सुरम्यको जोडीले बागमतीका रिजन शाक्य र नर्मदा खाइतुको जोडीलाई ८-११, ११-५, ९-११ र ११-८ र ११–७ को सेटमा पाखा लगाउनुभयो । कोशीका गौतम तामाङ र सुलेखाकुमारी ठाकुर तथा लुम्बिनीका सुविन क्षेत्री र सचिना पुरीको जोडी तेस्रो स्थानमा रहनुभयो । सातै प्रदेशबाट समान २८-२८ ब्वाइज/गल्र्स गरी ५६ खेलाडी सहभागी छन् । टेबलटेनिसमा पाँच स्वर्णका प्रतिस्पर्धा भइरहेको छ । बाँकी दुई स्पर्धा ब्वाइज/गल्र्सको सिंगल्स फाइनल बिहीबार हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच