काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले कम्तिमा १० प्रतिशत बजेटको व्यवस्था हुनुपर्नेमा ४.६४ प्रतिशत अत्यन्त न्युन भएको बताउनुभएको छ ।
विहीवार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उहाँले सो कुरा बताउनु भएको हो ।
उहाँले २०५५ सालदेखि २०८० सालसम्म २५ वर्षमा सरकारी स्वास्थ्य संस्थाहरु करिव ८ हजार रहेको बताउनु भयो । उहाँले नेपालमा जनसंख्या वृद्धि,स्वास्थ्य संस्थाहरुको वृद्धि भयो तर स्वास्थ्य क्षेत्रका जनशक्तिको दरबन्दी अहिलेसम्म वृद्धि नभएको बताउनु भयो ।
उहाँले विभिन्न समयमा सरकारहरुले एकै दिन ७५३ स्थानमा १५ शैय्याका अस्पताल उद्घाटन भएपनि जनशक्ति परिचालनको अवस्था चिन्ताजनक रहेको बताउनु भयो ।
उहाँले भौतिक संरचना र उपकरणको बारेमा पनि सरकारले सोच्न आवश्यक रहेको बताउनु भयो । उहाँले ३ करोड जनसंख्या भएको देशमा २ हजार भन्दा बढी डाक्टर नभएको भन्दै सरकारले स्वास्थ्य जनशक्तिको न्युनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले हरेक गाउँ–गाउँमा स्वास्थ्यकर्मी पु¥याउन आवश्यक रहेको भन्दै दूरदराजमा स्वास्थ्य संस्था भएपनि जनशक्ति र सिटामोल नभएको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘स्वास्थ्य मन्त्रालयमा कम्तिमा पनि १० प्रतिशत बजेट हुनुपर्छ भन्ने हो । तर ४.६४ प्रतिशत जुन बजेट राखिएको छ । अत्यन्त न्युन हो । भूतपूर्व स्वास्थ्यमन्त्री भएकाले दुःख व्यक्त गर्छु । सरकारी स्वास्थ्य संस्थाहरु करिव ८ हजार रहेका छन् । २०५५ सालदेखि २०८० सालसम्म २५ वर्ष भयो । जनसख्या वृद्धि भयो । स्वास्थ्य संस्थाहरुको वृद्धि भयो । तर स्वास्थ्य क्षेत्रका जनशक्तिको दरबन्दी वृद्धि भएको छैन । ठूला काम पनि भएका छन् । एकै दिन ७५३ १५ वेडका अस्पताल उद्घाटन पनि भए । ठूलो बहादुरी गरौं । तर त्यो कति बन्यो । जनशक्ति कसरी परिचालन गर्ने भन्ने योजना थियो कि थिएन । भौतिक संरचना र उपकरणको बारेमा सोचे नौं । ३ करोड जनसख्या भएको देशमा २ हजार भन्दा बढी डाक्टर छैनन् । स्वास्थ्य जनशक्तिको न्युनता र अभावलाई तत्काल पूर्ति गर्न आवश्यक छ । हरेक गाउँ–गाउँमा स्वास्थ्य कर्मी पु¥याउन आवश्यक छ । तर दुर दराजमा स्वास्थ्य संस्था भए पनि जनशक्ति र सिटामोल समेत छैन । जुन खालको परिवेश अहिले जुन छ । यो परिवेशबाट देशलाई उन्मुति दिनेगरी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी परिचालन आवश्यक छ । स्वास्थ्य मन्त्री युवा आउनुभएको छ तर अहिलेको स्रोत साधन र जनशक्तिले जति गर्न खाजे पनि गर्न सक्दैनौं ।’
उहाँले मुलुकको स्वास्थ्य अवस्थाको परिवेशबाट देशलाई उन्मुति दिनेगरी स्वास्थ्य क्षेत्रलाई प्रभावकारी परिचालन आवश्यक रहेको बताउनु भयो । उहाँले काम गर्ने जोसका साथ स्वास्थ्य मन्त्री युवा आएपनि अहिलेको स्रोत साधन र जनशक्तिले काम गर्न खाजे पनि सम्भव नभएको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच