आज डलरको भाउ स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर कति ?

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि बिदेशी मुद्राको बिनिमय दर तोकेको छ। जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार, आज एक डलरको विनिमय दर खरिद दर १३३.१२ र बिक्रि दर १३३.७२ रुपैयाँ रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३ रुपैयाँ २८ पैसा र बिक्री दर १४३ रुपैयाँ ९२ पैसा कायम गरिएको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ०४ पैसा र बिक्री दर १६७ रुपैयाँ ७९ पैसाले भाउँ पाउँदा अस्ट्रेलियन डलर एकको खरिद दर ८७.५७ रुपैयाँ र बिक्री दर ८७.९६ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४० पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १८ पैसा र बिक्रीदर ९ रुपैयाँ २३ पैसामा कारोबार हुदाँ दक्षिण कोरियाली वन १०० को खरिदमा १० रूपैयाँ १० पैसा र बिक्री दर १० रूपैयाँ १५ पैसामा खरिदबिक्री गर्न सकिनेछ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसामा कारोबार गर्न सकिने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४९ रुपैयाँ र बिक्री दर ३५.६५ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६७ रुपैयाँमा कारोबार गरिनेछ ।

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४३१.५८ पैसा र विक्रीदर ४३३.५२ पैसामा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?