काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आन्दोलनप्रति नेपाल निर्माण व्यवसायी महासंघले चिन्ता व्यक्त गरेको छ । निर्माण कार्यका लागि अत्यावश्यक ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा प्रशोधन उद्योगको नवीकरणसम्बन्धी विषय आर्थिक वर्ष २०८१/८२ को बजेटमा सम्बोधन नभएको भन्दै नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असारदेखि आन्दोलनको घोषणा गरेको छ । सो सम्बन्धमा निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले बिहीबार विज्ञप्ति जारी गर्दै क्रसर तथा खानी व्यवसायीका समस्यालाई महासंघले महसुस गरेको उल्लेख गर्नुभएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘तत्कालीन कानुनअनुसार अनुमतिपत्र लिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, बालुवा उत्खनन् तथा प्रशोधन उद्योगले त्यसपछिका मितिमा जारी भएका सरकारी मापदण्डका कारण विभिन्न समस्या झेल्दै आएको र त्यसको मार निर्माण व्यवसायीले पनि खेप्नुपरेको तथ्यलाई निर्माण उद्योगसँग प्रत्यक्ष सरोकार राख्ने यस महासंघले पनि गम्भीररूपमा लिएको छ ।’
आन्दोलनबाट सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनपछि म्याद थप भई सुचारु हुन लागेका एवं अन्य सम्पूर्ण आयोजना कार्यान्वयन एवं सम्पादनमा गम्भीर असर पर्ने महासंघले जनाएको छ । आर्थिक वर्ष समाप्त हुन एक महिनामात्र बाँकी रहँदा असारदेखि आन्दोलन थाल्दा मुलुकको समग्र अर्थतन्त्र नै अत्यन्त शिथिल रहेको वर्तमान अवस्थामा निर्माण कार्य ठप्प भई निर्माण उद्योग र समस्त निर्माण व्यवसायीलाई थप मार पर्ने विज्ञप्तिमा उल्लेख छ ।
तत्कालका लागि आन्दोलनमा पुनर्विचार गर्दै सरकारसँगको वार्ता र संवादबाटै समस्याको निकास खोज्न र सम्बन्धित व्यवसायीलाई तत्काल वार्तामा बोलाउनसमेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ । साथै निर्माण कार्य आर्थिक वर्षको समाप्तिमा सम्पन्न गर्ने गरी आवश्यक वातावरण बनाइदिनसमेत माग गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच