शीर्ष नेताको देश दौडाह : देउवा र प्रचण्ड चितवनमा, ओली धरानमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै शीर्षनेताहरु आफ्नो उम्मेदवारलाई मत माग्न विभिन्न जिल्लामा पुग्नुभएको छ ।

आगामी ४ मंसिरमा हुने निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारुढ गठबन्धन र एमाले, राप्रपा, राप्रपा नेपाल, जसपासहितको अर्को गठबन्धन चुनावी मैदानमा छन् ।

आफ्नो गठबन्धन र उम्मेदवारलाई निर्वाचित गराउने उद्देश्यसहित शीर्षनेताहरु दौडाहमा हनुहुन्छ । शुक्रबार प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष प्रचण्डसहित सत्तारुढ गठबन्धनका शीर्षनेताहरु चितवनमा हुने कार्यक्रममा सहभागी हुँदै हुनुहुन्छ ।

यसैगरी एमालेले २८ गति चितवनमा चुनावी सभा गर्दैछ । उक्त सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।

एमाले अध्यक्ष ओली शुक्रबार सुनसरी पुग्नुभएको छ । धरानमा आयोजित चुनावीसभालाई उहाँले सम्बोधन गर्नुभएको छ ।

गठबन्धनले एमाले एक्लो भएको बताउन थालेपछि आफूले गठबन्धन गरेको बताउनु भएका ओलीले एमालेसँगको सहकार्य गरेकाले राप्रपा र जसपा राष्ट्रिय पार्टी बन्ने दाबीसमेत गर्नुभयो । एमाले अध्यक्ष ओली हिजो गृहजिल्ला झापाका विभिन्न चुनावी सभामा सहभागी हुनु भएको थियो । उहाँले झापा ४ का दुई सभा र साँझ आफु उम्मेदवार बनेको ५ नम्बर क्षेत्रको एक कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

आज धरानको कार्यक्रमपछि अध्यक्ष ओली काठमाडौं फर्कनुहुने छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?