आयरल्याण्ड र स्कटल्याण्ड टी-२० विश्वकपमा छनोट

Read Time = 3 mins

लण्डन । आयरल्याण्ड र स्कटल्याण्ड आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी-२० विश्वकपमा छनौट भएका छन् । आइसिसी टी २० विश्वकप युरोप क्षेत्र छनोटबाट दुवै टोलीले शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान बनाएका हुन् ।

स्कटल्याण्डले डेनमार्कलाई ३३ रनले हराउँदै विश्वकपमा स्थान पक्का गर्‍यो भने स्कटल्याण्ड पाँच खेलमा १० अंकका साथ शीर्ष स्थानमा रहँदै विश्वकपमा पुगेको हो । उक्त खेलको नतिजाले प्रतियोगिता विजेता निर्धारण गर्नेछ । जमर्नीसँगको खेल रद्द भएसँगै आयरल्याण्ड विश्वकप खेल्ने पक्का भएको थियो । आयरल्यान्ड पाँच खेलमा चार मा जितसहित नौ अंकका साथ दोस्रो स्थानमा छ ।

स्कटल्याण्डले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित १८ ओभरमा ७ विकेटको क्षतिमा १५९ रन बनाएको थियो । उसका रिची बेरिंग्टनले ३२ बलमा ४ चौका र ४ छक्कासहित ६० रन बनाउनुभयो । जर्ज मुन्शेले १२, ओली हरिस १७, ब्रेन्डन म्याकमुलेनले १० र माइकल लिस्कले २० रन बनाउनुभयो ।

डेनमार्कका निकोलज डामगार्डले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिनुभयो । जितको लागि १६० रनको विजयी लक्ष्य पछ्याएको डेनमार्कले निर्धारित १८ ओभरमा ७ विकेट गुमाउँदै १२६ रन बनायो ।

डेनमार्कका कप्तान हामिद माजहर शाहले ४२ बलमा ४ चौका र ३ छक्कासहित ५६ रन बनाउनुभयो । स्कटल्याण्डका ब्राड्ली कुरीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिनुभयो । शफ्यान शरिफले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिनुभयो । प्रतियोगितामा आयरल्याण्ड, स्कटल्याण्ड, डेनमार्क, जमर्नी, जर्सी, इटाली र अष्ट्रिया थिए ।

विश्वकपको एसिया छनोट नेपालमा आगामी नोभेम्बरमा हुँदैछ । प्रतियोगितामा नेपाल, युएई, हङकङ, ओमान, बहराइन, सिंगापुर र एसिया क्षेत्र छनोट ‘ए’ र ‘बी’ बाट आउने दुई टोली हुनेछन् । एसिया विश्वकप छनोटबाट शीर्ष दुई टोली विश्वकपमा पुग्नेछन् । नेपाल २०१४ पछि पहिलो पटक विश्वकप खेल्ने सोचमा हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?