मन्त्रिपरिषद्‌को आकस्मिक बैठक

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बस्दै छ ।

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार मन्त्रिपरिषद्‌को आकस्मिक बैठक बोलाउनुभएको हो ।

मन्त्रिपरिषद्‌को बैठकले नेम्वाङको अन्तिम संस्कार र सरकारका तर्फबाट दिइने सम्मानबारे निर्णय गर्नेछ । यस्तै, नेम्वाङको निधनको शोकमा बिदा दिनेबारे विषयमा पनि निर्णय हुन सक्ने छ ।

प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमाले संसदीय दलका उपनेता समेत रहनुभएका नेम्वाङको हृदयघातबाट मंगलबार बिहान १ः३० बजे निधन भएको हो ।

नेम्वाङको पार्थिव शरीर ९ बजे पार्टी कार्यालय च्यासलमा राखिने छ । नेम्वाङका दुवै छोरा विदेशमा भएकाले आएपछिमात्रै अन्त्यष्टि गर्ने तयारी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?