इमर्जिङको सिइओमा उप्रेती

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा विशाल उप्रेती नियुक्त हुनुभएको छ । कम्पनीले उप्रेतीलाई बिहीबारदेखि लागू हुने गरी चार वर्षका लागि नियुक्त गरेको हो ।

उप्रेती यसअघि एनआइसी एसिया बैंकको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एनआइसी एसिया लघुवित्तमा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवका रूपमा कार्यरत हुनुहुन्थ्यो । उप्रेतीले भारतको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट अफ इण्डियाबाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?