‘नई नारी गौरवी पुरस्कार’ प्रदान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नई एकेडेमी अस्ट्रेलियाले विभिन्न विधामा उत्कृष्ट नारीहरूलाई ‘नई नारी गौरवी पुरस्कार’ (नई एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर-२०२३ अवार्ड) प्रदान गरेको छ । सामाजिक क्रियाकलापमा योगदान दिएबापत एकेडेमीले श्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, निना शाही, प्रतिज्ञा अधिकारी र अनुषा श्रेष्ठलाई अवार्ड प्रदान गरेको नइ एकेडेमी अस्ट्रेलियाले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

त्यस्तै आर्ट कल्चर सोसल सर्भिसतर्फको अवार्ड नारी निकुञ्जलाई र डा.अचना कोइरालालाई साइन्स एन्ड टेक्नोलोजितर्फको अवार्ड प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा एनआरएनएका निवर्तमान अध्यक्ष नन्द गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने एनआरएनएका नवनिर्वाचित अध्यक्ष अनिल पोखरेल, नेपाली समाजकी अगुवा ईन्द्रा वन, एनएसडब्ल्यू पार्लामेन्ट सदस्य डोना डेविस, नारी निकुञ्जकी पूर्व अध्यक्ष प्रतिज्ञा अधिकारी, अनेसा पूर्व अध्यक्ष सानु घिमिरे, एनआरएनए आईसी सदस्य रमेश अधिकारी, एनआरएनए सह कोषाध्यक्ष रोजी पन्थ, नारी निकुञ्ज एनएसडब्ल्यू अध्यक्ष सवला बस्नेत नारी निकुञ्ज पूर्व डेप्युटी कोअर्डिनेटर भवानी पराजुली र रुपन्देही सामाजिक सञ्जालका अध्यक्ष मुक्तिराम पोखरेल, लगायतको उपस्थिति रहेको जनाइएको छ । नई एकेडेमी अस्ट्रेलियाकी अध्यक्ष सीमा रोशीले सबैलाई स्वागत गर्दै संस्थाको बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?