सर्वसाधारणका लागि आजबाट खुल्यो तातोपानी नाका

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आज(शुक्रबार) बाट खुल्ने भएको छ ।

चीनसँगको उत्तरी सीमानाका तातोपानी नाकामा आजदेखि स्थानीयको आवतजावतका लागि खुल्ने भएको हो ।

गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।

२०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेका अनुसार सिन्धुपाल्चोकका स्थानीयले आवतजावतका लागि एक वर्ष अवधि रहेको पास पाउनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?