म्याग्दी । म्याग्दीमा चार हजार दुई सयभन्दा बढी बालबालिकाले पोलियो विरुद्धको खोप लगाएका छन् ।
गएको जेठ १३ देखि १९ गतेसम्म म्याग्दीका एकसय ३९ विद्यालय र खोप केन्द्रमा सञ्चालित खोप अभियानमा चार हजार, दुई सय ५२ जनाले खोप लगाएकोे खोप सुपरभाइजर बिरेन्द्रकुमार चौधरीले बताउनुभयो ।
स्वास्थ्य कार्यालय म्याग्दीले २०७३ वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएका बालबालिकालाई विद्यालयमै पुगेर खोप लगाइएको थियो ।
बेनी नगरपालिका र पाँच गाउँपालिकाका एक सय ११ विद्यालय, २८ खोप केन्द्रमा स्वास्थ्यकर्मी र स्वंयमसेविका सहित चार सय १७ जना जनशक्ती परिचालन गरी खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
“विद्यालयको तथ्याङ्क अनुसारको विद्यार्थी भेटिएन, थोरै विद्यार्थी भएकामा पनि धेरै संख्या देखाएको पाइयो” सुपरभाइजर चौधरीले बताउनुभयो ।
पोलियो भाइरस पी १ पी २ र पी ३ गरी तीन प्रकारका हुन्छन् र तीन वटै भाइरसबाट पोलियो रोग हुनसक्छ । पोलियो रोग जुनसुकै उमेरका मानिसलाई भए पनि पाँच वर्ष मुनिका बालबालिका बढी जोखिममा हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच