![खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन](https://ehimalayatimes.com/wp-content/uploads/2023/08/Ropai-Dhan-khet.jpg)
दाङ । अत्याधिक गर्मी बढेपछि दाङका विद्यालयहरु पुनः दुई दिनका लागि बन्द गरिएको छ ।
पालिकाहरुले गरेको यो निर्णय पछि दाङमा सञ्चालनमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरु बन्द हुने छन्।
अत्याधिक गर्मीले जनजीवन प्रभावित भए पछि दाङका विद्यालय पुनः दुई दिन बन्द भएका हुन। घोराही नगर शिक्षा महाशाखा प्रमुख बिनोद गौतमले भोली र पर्सिलाई गर्मि बिदा दिइएको जानकारी दिनुभयो । उहाले अत्याधिक गर्मिले बिद्यार्थीको स्वास्थ्यमा समस्या आउन सक्ने भएकाले थप दुई दिन बिदा दिने निर्णय भएको बताउनुभयो ।
गर्मिले शिक्षण सिकाइ क्रियाकलापमा प्रत्यक्ष प्रभाव परेको भन्दै जेठ १७ देखिने दाङका निजी तथा सामुदायिक विद्यालयहरु बन्द हुदै आएका छन। दाङ तापक्रम केही दिनयता ४० डिग्री माथि छ । गर्मीले अनुहारमा घमौरा आउने, जंडिस हुने, ज्वरोलगायतका समस्या देखापर्न थालेका छन् । बढ्दो तापक्रमका कारण विद्यार्थीलाई विद्यालय आउजाउमा समस्या हुने र गर्मीमा तुलनात्मक रुपमा बालबालिकालाई बढी असर गर्ने हुँदा सजगताका लागि विद्यालय बन्द गर्नु परेको घोराही उपमहानगरपालिकाले विज्ञप्ति मार्फत जनाएको छ । दाङमा बिहानैदेखि तातो हावा चल्छ भने यहाँको तापक्रम ४० डिग्रीमाथि पुगेको छ । पालिकाका अनुसार बर्षे विदाबाट कटौति हुने गरि गर्मी विदा गरिएको छ।
नेपालको पूर्वी भागमा मनसुन भित्रिएको भएपनि त्यो पश्चिम आइपुग्न अझैं केही दिन लाग्न सक्ने अनुमानहरु गरिएका छन् । लामो समयको खडेरी र उच्च तापमानका कारण दिउँसोमा तातो हावा लु चल्न थालेको हुँदा सामान्ने जनजीवन कष्टकर बनेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच