काठमाडौं । एपिएफका शिवराज पार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी तेस्रो राष्ट्रिय खुला गोल्डेन एथलेटिक्स मिटमा उत्कृष्ट खेलाडी घोषित हुनुभएको छ । शिव पुरुष तथा निशा महिलामा उत्कृष्ट खेलाडी बन्न सफल हुनुभएको हो । शिवले १०० र २०० मिटर दौडमा स्वर्ण तथा चार गुणा १०० मिटर रिलेमा जित्नुभएको थियो भने निशाले १०० र २०० मिटर दौड तथा लङजम्पमा स्वर्ण जित्नुभयो ।
एथलेटिक्स परिवार नेपालको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको २०० मिटर दौडमा शिवले निर्धारित दूरी २२.३६ सेकेण्डमा पूरा गर्नुभयो । वीरगञ्जका आदेशकुमार यादवले रजत तथा एपिएफका आशिष चौधरीले कांस्य हात पार्नुभयो । सो स्पर्धाको महिलामा निशाले निर्धारित दूरी तय गर्न २६.३० सेकेण्ड समय खर्चिनुभयो । आर्मीका कलेशी चौधरी र सरस्वती थारू क्रमशः दोस्रो र तेस्रो स्थानमा रहनुभयो ।
पुरुष ८०० मिटर दौडमा आर्मीका सुनिल सुनार पहिलो हुनुभयो । उहाँले एक मिनेट ५७.८६ सेकेण्ड समय लगाउनुभयो । आर्मीकै अक्कलबहादुर पाल दोस्रो तथा एपिएफका सञ्जीव नेपाली तेस्रो बन्नुभयो । उक्त स्पर्धाको महिलामा एपिएफकी आशा रावत पहिलो हुनुभयो । आशाले दुई मिनेट २६.७ सेकेण्डमा दूरी पार गर्नुभयो । आर्मीका रेखा लिम्बू दोस्रो तथा नवीना थापा तेस्रो हुनुभयो ।
दुईदिने प्रतियोगितामा ५७५ खेलाडीले ५२ स्पर्धामा प्रतिस्पर्धा गरेको आयोजक एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच