![मुलुकको हितमा खरो रुपमा उत्रिएर रास्वपा खोलेको औचित्य पुष्टि गर्न सक्नुपर्छ : कानूनीमन्त्री गिरी](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Padam-Giri.jpg)
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको तयारी सुरु गरेको छ । अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयका दुवै सचिव, महाशाखा प्रमुख र भन्सार र राजस्व प्रशासनका उच्च अधिकृतको बैठक बोलाएर कार्ययोजनाबारे शुक्रबार प्रारम्भिक छलफल गर्दै कार्यान्वयन हुन सक्ने गरी वस्तुवादी योजना तयार पार्न निर्देशनसमेत दिनुभयो । उहाँले बजेटको आकार कुल गार्हस्थ उत्पादनसँग मेल खाने खालको भएकाले कार्यान्वयन सहज हुने उहाँको दाबी छ ।
अर्थमन्त्री पुनले खर्च बढाउने गरी र कार्यान्वयन हुनसक्ने गरी वस्तुगत कार्ययोजना बनाउन निर्देशन दिँदै जति समयमै गर्न सकियो र खर्च बढाउन सकियो त्यति नै बजार चलायनमा हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अहिले असारमा गरिरहेको खर्च छ महिनाअघि गर्न पाएको भए दुर्ई र तीनपटक बजारमा ‘सर्कुटेल’ हुन्थ्यो । त्यसबाट राजस्व संकलन हुन्थ्यो, रोजगारी सिर्जना हुन्थ्यो । हामी परम्परागत नहोऔँ, समयमै र छिट्टै काम गर्ने गरी योजना बनाऔँ ।’ पहिलो, दोस्रो र तेस्रो त्रैमासिक योजना बनाएर काम गर्न र दशैं तिहारजस्ता ठूला पर्वको बिदा ख्याल गरेरमात्र कार्ययोजना बनाउन पनि उहाँले निर्देशन दिनुभयो । स्रोतले नधान्ने गरी २० खर्बको बजेट आउने बजार हल्लाबीच १८ खर्ब ६० अर्बको वस्तुवादी बजेट ल्याउन सकिएकामा सन्तोष लागेको भन्दै मन्त्री पुनले नयाँ आयोजनाभन्दा चालु र ठूला आयोजनालाई केन्द्रित गरेर बजेट ल्याएको बताउनुभयो ।
चालु आर्थिक वर्षको बजेटमा अवस्तुवादी राजस्व संकलनको लक्ष्य राखिएकाले लक्ष्यभन्दा धेरै काम राजस्व संकलन भएको उहाँको जिकिर थियो । अर्थमन्त्री पुनले भन्नुभयो, ‘म अघिल्ला अर्थमन्त्री वा अरू कसैलाई आरोपित गर्न चाहन्न । कार्यान्वयन हुनै नसक्ने ४२ प्रतिशतको राजस्व वृद्धिको लक्ष्य निर्धारण हुनुमा अर्थमन्त्री वा हाम्रो प्रणाली कसको दोष हो । त्यसको पनि समीक्षा हुनुपर्ला ।’
पूर्वपश्चिम राजमार्ग विस्तारका लागि ३२ अर्ब बजेट विनियोजनको चर्चा गर्दै उहाँले पूरा नगरी नहुने अरू चालु आयोजनाको निर्माण सक्ने गरी बजेट व्यवस्था गरिएको बताउनुभयो । साथै उहाँले स्थानीय तहमा जाने समानीकरण रकम तत्काल निकासा गर्न पनि निर्देशन दिनुभयो ।
आगामी आर्थिक वर्षको बजेट वस्तुगत र यथार्थपरक आएकामा सबैतिरबाट प्रशंसा भएको भन्दै मन्त्री पुनले नेपाल राष्ट्र बैंकले बजेटसँग तालमेल हुने गरी आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति ल्याउने विश्वास व्यक्त गर्नुभयो । छलफलमा गभर्नर महाप्रसाद अधिकारीको पनि सहभागिता थियो ।
बढ्दै राजस्व संकलन
आन्तरिक राजस्व विभागको राजस्व संकलन बढेको छ । विभागको तथ्यांकअनुसार पछिल्लो केही महिनामा राजस्व संकलन बढेको हो । चालु आर्थिक वर्षको जेठमा राजस्व संकलन बढेर ४१ अर्ब १९ करोड छ । गत वर्ष सोही अवधिको संकलन ३७ अर्ब थियो । यस वर्ष राजस्व संकलन ११.३० प्रतिशतले बढेको हो । चालु आर्थिक वर्षको जेठसम्म आन्तरिक राजस्व विभागले कुल चार खर्ब ४८ अर्ब राजस्व संकलन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ९.६४ प्रतिशतले बढी हो । गत वर्ष जेठसम्मको राजस्व असुली चार खर्ब आठ अर्ब थियो । गत वर्षभन्दा चालु आर्थिक वर्ष ४० अर्बले राजस्व संकलन बढेको विभागले जनाएको छ ।
विभागका अनुसार आयकर (भाडा र ब्याजसमेत) बाट दुर्ई खर्ब ३२ अर्ब, मूल्य अभिवृद्धिकर (आन्तरिक) बाट एक खर्ब १२ अर्ब र अन्तःशुल्कबाट ९५ अर्ब संकलन भएको छ । त्यस्तै, स्वास्थ्य सेवा, शिक्षा र अन्यबाट आठ अर्ब राजस्व असुली भएको छ । हालसम्म कुल लक्ष्यमा राजस्व असुली ७८.५ प्रतिशत रहेको विभागले जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले राजस्व संकलनमा तीव्रता दिन निर्देशन दिएअनुसार विभाग सक्रिय नभए चालु आर्थिक वर्षमा निर्धारण गरेको लक्ष्य भने भेट्न सक्ने सम्भावना देखिँदैन ।
राजस्व संकलनमा करदाता कार्यालयमध्येको ठूला करदाता कार्यालयको योगदान करिब ४० प्रतिशत रहेको छ । उक्त कार्यालयले एक खर्ब ७५ अर्ब राजस्व असुली गरेको छ । तर, ठूला करदाता कार्यालयको लक्ष्य दुई खब ३८ अर्ब थियो । तत्कालीन अर्थमन्त्री डा. प्रकाशशरण महतले चालु आर्थिक वर्ष २०८०/८१ मा समग्रमा ४३ प्रतिशतको महत्वाकांक्षी राजस्व वृद्धिको लक्ष्य निर्धारण गर्नुभएको थियो । तर, लक्ष्यअनुसार राजस्व संकलन नभएपछि मध्यावधि समीक्षामार्फत् डा. महतले १२ खर्ब दुई अर्बको लक्ष्य निर्धारण गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच