काठमाडौं । गएको चैतमा नयाँ चलचित्र ‘हनी बनी’मा काम गर्ने सम्झौता गर्नुभएका अभिनेता अनमोल केसीले उक्त चलचित्रमा काम नगर्ने हुनुभएको छ । निर्देशक दीवाकर भट्टराईले निर्देशन गर्ने भनिएको ‘हनी बनी’को स्क्रिप्ट पढेको दुई दिनमै अनमोलले चलचित्रमा काम गर्न तयार भएको भनिएको थियो तर, छायांकनमा निस्कने समयमा उहाँले यो चलचित्रबाट हात झिक्नुभएको हो ।
निर्देशक भट्टराईले सहमतिमै अनमोल चलचित्रबाट निस्किएको बताउनुभयो । अभिनेता केसीले चलचित्रको चरित्र निर्वाह गर्न सक्नेमा शंका व्यक्त गरेपछि निर्माण टिम र उनीबीच अलग हुने सहमति भएको जानकारी प्राप्त छ । तर, अनमोलले चलचित्र छाड्नुको कारणबारे बताउनुभएको छैन । केही दिन वर्कसपसमेत गर्नुभएका उहाँको चलचित्रको छायांकनका लागि बेलायतको भिसा आइसकेको थियो ।
अनमोलले साइन गरेको चलचित्र छाडेको यो पहिलो पटक होइन । यसअघि उहाँले ‘ब्याचलर बन्टी’, ‘धुपौरे’ जस्ता चलचित्र साइन गरेर छाड्नु भएको थियो । अनमोलसँगै चलचित्रबाट अभिनेत्री सारा सिरपाली पनि अलग हुनुभएको छ ।
साराको भिसा नझरेपछि निर्माण टिमले उहाँको ठाउँमा अभिनेत्री जसिता गुरुङलाई लिने तयारी गरेको छ । उहाँ अहिले बेलायतमै रहेको र स्क्रिप्ट पनि मन पराएकाले चलचित्रमा उहाँको सम्भावना बलियो रहेको दिवाकरले बताउनुभएको छ ।
स्वास्थमैत्री जीवनशैली प्रबद्र्धनमा प्राकृतिक चिकित्साको
वीर अस्पतालको इमर्जेन्सीमा-सेवा कि यातना
कविता : निमन्त्रणा छ बालेन
गठबन्धनको भविष्य र असन्तुष्टहरूको गन्तव्य
मुलुकको साखसँग जोडिएको नेताको नाक
तिलाको नीति तथा कार्यक्रम :