काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली सहित्य समाज-नेपाल च्याटरको आयोजनामा अनेसास केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजासँगको साक्षात्कार कार्यक्रम सम्पन्न भएको छ । नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालय नेपाली विभाग प्रमुख तथा वरिष्ठ समालोचक खगेन्द्रप्रसाद लुइँटेल रहनुभएको थियो । अनामनगरमा रहेको सामुदायिक हलमा सम्पन्न कार्यक्रममको सञ्चालन नेपाल च्याप्टरका वरिष्ठ उपाध्यक्ष मञ्जिला शर्मा (अनिल) ले गर्नुभएको थियो ।
केन्द्रीय अध्यक्ष गोवद्र्धन पूजासहित साहित्यकार विधान कार्की र समालोचक प्रभा बराललाई सम्मान गरिएको कार्यक्रममा संस्थाका आजीवन सदस्यलाई प्रमाण पत्र र परिचय पत्र वितरणका साथसाथै अनेसास कविता महोत्सव २०२३ मा तृतीय स्थान प्राप्त गर्नुभएका सुन्दर श्रीषलाई अमेरिकन डलर २०० प्रदान गरी पुरष्कृत गरिएको थियो ।
दुई घण्टाको समयावधिमा धेरै चरणका कार्यक्रमहरू सम्पन्न भएको सो समारोहमा अनेसासका केन्द्रीय सदस्य प्रमोद सारङ्गको हाइकु संग्रह ‘असर्फी’ को विमोचन पनि गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा.खगेन्द्रप्रसाद लुइँटेलले अब अनेसासले संख्यात्मक भन्दा गुणात्मक कार्यक्रममा जोड दिनुपर्छ भन्दै विदेशमा गएर साहित्यको सेवा गर्नेहरूले छुस्स छुस्स अरूका कुरा काट्दै मट्यांग्रा हाल्नभन्दा एक अर्काको काममा सहयोग र उचित सल्लाह दिन सिक्नुपर्छ भनेर सुझाव दिनुभयो ।
कार्यक्रममा अनेसास केन्द्रका अध्यक्ष गोवद्र्धन पूजाले नेपाल च्याप्टर प्रतिआभार प्रकट गर्दै विश्वभर रहेका २ दुई हजार पाँच संगठित सदस्यहरूमध्ये चार सयको हाराहारीमा सदस्य भएको नेपाल च्याप्टर अनेसासको साझा घर भएको बताउनुभयो । अनेसास विशेषगरी परदेशमा छरिएर रहेका साहित्यकार र साहित्यप्रेमीहरू मिलेर नेपाली भाषा र साहित्यका लागि केही गरौं भन्ने उद्देश्यका साथ खोलिएको भए तापनि नेपाल च्याप्टरले सबै च्याप्टरको सम्पर्क कार्यालयको रूपमा भूमिका खेलेको जिकिर गर्नुभयो ।
पूजाले अनेसासलाई नेपालमा विस्तार र व्यवस्थित बनाउन सुरुमा राधेश्याम लेकाली र पछिल्लो समयमा सन्ध्या पहाडीलगायत व्यक्तिहरूको विशेष योगदान रहेको भन्दै मुक्तकण्ठले प्रशंसा गर्नुभयो । उहाँले नेपालमा रहेको कार्यालयलाई अझै व्यवस्थित बनाउँदै विदेशबाट आएका कवि साहित्यकारको झोला बिसाउने थलो बनाउन पनि लागिपर्ने बताउनुभयो । प्रकाश पौडेल ‘माहिला’ अध्यक्ष रहँदा प्रारम्भिक सुरुवात गरेको परिचयपत्र निर्माणको विषयलाई आफ्नो पालामा मूर्तरूप दिँदै केही दिनअघि पोखराबाट वितरणको सुरुवात गरी आज काठमाडौंमा समेत वितरण गर्न पाउँदा गर्व लागेको र यति कार्य गर्न संस्थाले ३३ वर्ष कुर्नुपरेको प्रसंग बताउनुभयो ।
कार्यक्रममा अनेसास केन्द्रका पूर्वअध्यक्ष राधेश्याम लेकाली, उपाध्यक्ष डा.रेणुका सोलु, महासचिव विमला निरौला, बालगीतकारका रूपमा आफ्नो परिचय बनाउनुभएका साहित्यकार रामबाबु सुवेदी, साहित्यकार विधान कार्की, अनेसास ट्रष्टी सदस्य तथा गीतकार अम्बिका गुरुङ, केन्द्रीय महिला संयोजक तथा नेपाल च्याप्टरका निवर्तमान अध्यक्ष सन्ध्या पहाडी, अनेसास केन्द्रीय सदस्य प्रमोद सारङ्ग, साहित्यकार किशोर पहाडी, समालोचक महेश पौडेल, समालोचक प्रभा बराल, अश्विनी कोइरालालगायत व्यक्तित्व अतिथिका रूपमा रहनुभएको थियो ।
च्याप्टरका उपाध्यक्ष निर्मलरमण पराजुलीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा डा.रेणुका सोलु, सन्ध्या पहाडी र विमला निरौलाले पनि आ-आफ्ना विचार राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच