रुकुमपूर्वमा बस दुर्घटना, तीनजनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

सुर्खेत । रुकुम पूर्वमा बस दुर्घटना हुँदा ६ जनाले ज्यान गुमाएका छन् । बिहीबार दिउँसो साढे २ बजेको समयमा जिल्लाको भूमे गाउँपालिका ३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।

काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिए । मृत्यु भएकाको परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताउनु भयो ।

१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?