काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
धितालसँग यसअघि पनि आयोगको सदस्यमा रही तीन वर्ष काम गरेको अनुभव छ । झण्डै तीन दशकदेखि देशको ऊर्जा क्षेत्रमा सक्रिय उहाँसँग वैकल्पिक ऊर्जा प्रवर्द्धक केन्द्रको कार्यकारी निर्देशकका रूपमा काम गरेकोसमेत अनुभव छ ।
त्यसैगरी सरकारले मधुसुदन अधिकारीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ । अधिकारी पनि यसअघि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक हुनुहुन्थ्यो । झमकप्रसाद शर्मा पनि आयोगको सदस्य पदमा नियुक्त हुनुभएको छ ।
आयोगका अध्यक्षसहितका पदाधिकारीको कार्यकाल गत वैशाख २५ गते सकिएकाले मन्त्रालयले वैशाख २६ गते रिक्त अध्यक्षसहित तीन सदस्य नियुक्तिका लागि आवेदन खुलाएको थियो । आवेदन दिनेमध्येबाट अध्यक्षमा छजनाको नाम छोटो सूचीमा छनोटमा परेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच