ट्रिपर दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु, तीन घाईते

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 2 mins

पाल्पा । पाल्पा निस्दी गाउँपालिका–७ मोटेखर्क स्थित ज्यामिरे–अरुणखोला भित्रि कच्चि सडक खण्डमा ट्रिपर दुर्घटना भएको छ । बुधबार विहान भुटुकेबाट चुनढुङ्गा लिई नवलपुरको होङ्सी सिमेन्टतर्फ जाँदै गरेको लु २ ख ५२९ नम्बरको टिपरको अचानक ब्रेकमा समस्या आई सडकको भित्तामा ठोकिन जाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी टिपरमा सवार एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका –२ जल्पाकी १९ वर्षीया दिल कुमारी आले रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । टिपरबाट हाम फाल्ने क्रममा सोही टिपरको टायरले किच्दा आलेको घटनास्थलमै ज्यान गएको हो ।

दुर्घटनामा परी निस्दी गाउँपालिका –७ की २५ वर्षीया हिमाली आले, चालक मकवानपुरको मनोहरी गाउँपालिका– ९ का २६ वर्षीय अञ्जन सुनार र सहचालक मकवानपुर हेटौडा –९ का २४ वर्षीय आशिष सुनार घाइते भएका छन् । घाइते आलेलाई टिपरबाट हाम फाल्ने क्रममा दायाँ खुट्टामा सामान्य चोट लागेको छ । चालक र सह चालकको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ । घाईतेहरुको उद्धार गरी उपचारको लागि नवलपुर पठाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?