रुकुमपूर्व दुर्घटना घाइते सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार

Read Time = 2 mins

काठमाडौं । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी दुर्घटनामा परेर घाइते भएको दुई प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ।

गृहमन्त्री बालकृष्ण खाँणले रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकास्थित तक्सेरामा सुरक्षाकर्मी चढेको जीप दुर्घटना हुँदा नेपाल प्रहरीका रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीसहित गम्भीर घाइते भएका सुरक्षाकर्मीको हेलिकप्टरमार्फत उद्धार गर्न निर्देशन दिनुभएको थियो ।

गृहमन्त्री खाँँणले घाइतेमध्ये गम्भीर अवस्थाका सुरक्षाकर्मीलार्ई उद्धार गरी अस्पताल पु¥याउनका लागि नेपाली सेनाको हेलिकप्टर पठाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयको शान्तिसुरक्षा महाशाखाले जानकारी गराएपछि नेपाली सेनाको सुर्खेतमा रहेको हेलिकप्टर उद्धारका लागि घटनास्थलमा गएको थियो ।

गृहमन्त्री खाँणले घाइतेको यथाशक्य उपचारको व्यवस्था मिलाउन गृह प्रशासन र रुकुमपूर्व प्रशासनलाई निर्देशन दिनु भएको थियो।

रुकुमपूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारका अनुसार लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खस्दा डिएसपी डाँगीको टाउकोमा गहिरो चोट लागेको छ । प्रहरी जवान लक्ष्मण बुढा गम्भीर घाइले हुनुभएको छ । रुकुमपूर्वका सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ सामान्य घाइले हुनुभएको छ । जीपमा छ सुरक्षाकर्मी सवार भएको बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?