दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट फिर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट फिर्ता भएको छ ।

गत शुक्रबार दोस्रो दिनको आन्दोलन गर्न लाग्दा प्रसाईं घरमै नजरबन्दमा परेको भन्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

प्रसाईंलाई प्रशासनले घर बाहिर निस्कन दिएसँगै उहाँले रिट निवेदन फिर्ताका लागि निवेदन दिनु भएको थियो । रिटको औचित्य सकिएकाले फिर्ताका लागि निवेदन दिनुभएको हो ।

रिट फिर्ताका लागि निवेदन दिएको भएपनि सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको इजलासमा उक्त रिटमाथि सुनुवाइ भने भइसकेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?