![सावधान ! निद्राको कमीले तपाईँको स्वास्थ्यमा ठूलो समस्या ल्याउन सक्छ](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/sleeping-disoder.jpg)
काठमाडौं । कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको बचत रकम फिर्ता गर्न सुरु गरेको छ । १८ जेठमा बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्र बज्राचार्य र प्रदेश सहकारी रजिस्ट्रारसमेतको उपस्थितिमा कीर्तिपुरमै भएको छलफलमा बचत फिर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा संस्थाले बचत रकम फिर्ता गर्न सुरु गरेको हो ।
सहकारीले पछिल्लो अवधि २०८० साउन १ गतेदेखि हालको मितिसम्म कर्जाको धितोबाट प्राप्त जग्गा र सेयर सदस्यहरूबीच समन्वय गरी सात करोड ५१ लाख ८५ हजार ९५० रुपैयाँ बचत फिर्ता गरिसकेको छ । दर्शन साकोसले जारी गरेको बचत फिर्ताको कार्ययोजनामा सो रकम कसलाई फिर्ता गरियो भन्ने विवरण पनि सार्वजनिक गरेको छ । करिब एक महिनादेखि सहकारी संस्थाको कार्यालयमा बचत फिर्ताको माग गर्दै सेयर सदस्यहरूले आन्दोलन गरिरहेका थिए ।
कार्यालयमा जारी आन्दोलनका बीच संस्थाले सबै बचत फिर्ता गरी शून्यमा झार्ने कार्ययोजना सार्वजनिक गरेको छ । सो कार्ययोजनाअन्तर्गत यही असार मसान्तबाट थप बचतकर्ताको रकम फिर्ता गर्ने योजना सार्वजनिक गरेको हो । संस्थाले पहिलो चरणमा दुई किस्तामा बचत फिर्ता गर्ने भएको छ । सहकारीले शुक्रबार बागमती प्रदेश सहकारी विभागमा बचत फिर्ताका लागि सेयर सदस्यहरूको विवरणसहित कार्ययोजना पेश गरेको थियो ।
सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले सञ्चालक समितिको चलअचल सम्पत्ति बिक्री गर्ने र कर्जा फिर्ताबाट प्राप्त हुने रकमले बचत फिर्ता गर्ने बताउनुभयो । दर्शन साकोसमा पछिल्लो समय दुई अर्ब बढी निक्षेपको दायित्व रहेको भन्ने छ, कसरी फिर्ता गर्नुहुन्छ भन्ने प्रश्नमा अध्यक्ष दर्शनधारीले बचतकर्तालाई फिर्ता गर्ने दायित्वभन्दा चार गुणा सम्पत्तिको विवरण सार्वजनिक गरिएकाले सबै बचतकर्ताको रकम फिर्ता हुने दाबी गर्नुभयो ।
दर्शन साकोसले पहिलो चरणमा एक सयदेखि पाँच हजारसम्मको बचत फिर्ताको कार्ययोजना बनाएको छ, जुन दुई किस्तामा फिर्ता हुनेछ, त्यसका लागि यही वर्षको असार मसान्तबाट वितरण सुरु हुनेछ । संस्थाले असार मसान्त र भदौ मसान्त गरी दुई किस्तामा ४५ लाख ३१ हजार ७६६ रुपैयाँ बचत फिर्ता गर्ने कार्ययोजना बनाएको छ । पहिलो चरणमा २५ सय १२ जनाको बचत फिर्ता गर्ने भएको हो ।
यो रकम सहकारीका सञ्चालकहरूले उपयोग गरिरहेका सवारीसाधन बिक्रीबाट संकलन हुने रकमबाट बचत फिर्ता हुने सहकारीका सिइओ सुवर्ण महर्जनले बताउनुभयो । संस्थाका सञ्चालकहरूले उपयोग गर्दै आइरहेका तीनवटा सवारीसाधन बिक्रीबाट प्राप्त हुने रकमलाई दुई किस्तामा ५० प्रतिशतका दरले वितरण गरिने भन्दै विवरण सार्वजनिक गरेको छ ।
त्यस्तै, दोस्रो चरणको बचत फिर्ताका लागि संस्थाले २०८१ असोज ३० गतेबाट २०८२ साउन मसान्तको भाखा राखेको छ । जसमा पाँच हजारदेखि ५० हजारसम्मको बचत ६ किस्तामा फिर्ता गर्ने योजना छ । जसमा कुल चार करोड ११ लाख ३७ हजार २६१ रुपैयाँ फिर्ता हुनेछ । यो रकम धादिङको जीवपुरमा रहेको ११.६८ रोपनी जमिन बिक्रीबाट बचत फिर्ता गर्ने योजना सार्वजनिक गरेको छ । संस्थाका सल्लाहकार नजराम महर्जनको नाममा रहेको जग्गा बिक्रीबाट रकम फिर्ता गर्ने योजना सार्वजनिक गरेको हो । दोस्रो चरणमा १९ सय ९१ जनाको बचत फिर्ता गर्ने गरी नामसहित उल्लेख गरिएको छ ।
त्यस्तै, तेस्रो चरणमा दर्शन साकोसको कीर्तिपुर नगाउँस्थित कार्यालयको भवनलाई बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्ने योजना अघि सारेको छ । त्यसमा ५० हजारदेखि पाँच लाखसम्मको बचत रकम फिर्ता हुने सिइओ महर्जनले बताउनुभयो । १० आना क्षेत्रफलमा बनेको भवनको १२ करोड मूल्य राखिएको छ । त्यसमा संस्थाको भवन बैंकमा राखी ३.५ करोड ऋण लिएको विवरणमा उल्लेख छ । तेस्रो पटकमा ११ सय दुईजना बचतकर्ताको रकम फिर्ता हुने कार्यतालिकामा उल्लेख छ ।
चौथो चरणमा कीर्तिपुरको धल्पा-९ मा रहेको चार आना दुई पैसामा बनेको भवन ६ करोडमा बिक्री गर्ने र सो रकम पनि बचतकर्तालाई फिर्ता गर्ने योजना सार्वजनिक गरेको छ । सो भवनमा २.७५ करोड ऋण रहेको विवरणमा उल्लेख छ । यसरी सो भवन बिक्रीबाट २१२ जना बचतकर्ताको रकम फिर्ता हुने सिइओ महर्जनले बताउनुभयो । विवरणमा कसको कति रकम फिर्ता गर्ने भन्नेसमेत प्रष्ट उल्लेख गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच