काठमाडौं । हाम्रो शरीरलाई खाना र पानी जति महत्त्वपूर्ण छ त्यति नै निन्द्रा पनि महत्त्वपूर्ण छ । निन्द्रा पर्याप्त नभएपछि हामीलाई धेरै स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । समस्या लामो समयसम्म रहिरह्यो भने अवस्था झन् गम्भीर बन्न सक्छ । निन्द्रा नपुग्दा हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा निम्न असर देखिन सक्छन् ।
स्वस्थ रहन, निद्रा स्वस्थ खाना जत्तिकै महत्त्वपूर्ण छ। यदि तपाईँलाई राम्रोसँग निन्द्रा लागेन भने तपाईँलाई स्वास्थ्य सम्बन्धी धेरै समस्या देखिन सक्छन् । निन्द्राको कमीले मुटु र पेटसँग सम्बन्धित समस्या निम्त्याउन सक्छ।
निद्राको कमीले हुने कतिपय समस्याका लक्षणहरू प्रष्ट रूपमा देखिन्छन्, तर केही हुँदैनन् । जसका कारण समयमै पत्ता लगाउन नसक्दा पछि गम्भीर बन्न पुग्छ । शरीरलाई स्वस्थ राख्न ७ देखि ८ घण्टा सुत्नुपर्छ ।
निद्राको कमीले कस्तो असर गर्छ ?
दैनिक ७ देखि ८ घण्टा सुत्ने मानिसमा क्यान्सर, स्ट्रोक, मुटु रोग र मधुमेहको जोखिम धेरै हदसम्म बढ्ने धेरै अध्ययनले देखाएको छ ।
शरीरका लागि आवश्यक निद्रा नपुग्दा मस्तिष्कको तन्तुमा नराम्रो असर पर्छ । यसका कारण बिस्तारै स्मरण शक्ति कमजोर हुन थाल्छ र सोच्ने र बुझ्ने क्षमता पनि कम हुन थाल्छ ।
निद्राको कमीले शरीरमा ऊर्जा हुँदैन । सधैँ थकानको अनुभूति हुन्छ।
निद्राको कमीको पहिलो लक्षण भनेको खराब मुड हो । जसका कारण व्यक्तिमा चिडचिडापन र क्रोध बढ्छ र यी सबै कुराले तपाईँको मानसिक स्वास्थ्यमा नराम्रो असर पार्न सक्छ ।
निद्राको कमीले पाचन प्रणालीमा पनि असर गर्छ । निन्द्रा नलाग्ने मानिसहरूलाई अक्सर कब्जियतको समस्या हुन्छ र यसलाई समयमै ख्याल गरिएन भने कब्जियत पायल्स जस्ता गम्भीर रोगमा परिणत हुन सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच