अत्यधिक वर्षाका कारण सप्तरीका दर्जनौं बस्ती डुबानमा

अनिल पोखरेल सप्तरी, संवाददाता
Read Time = 1 min

राजबिराज । अत्यधिक वर्षाका कारण सप्तरीकाे सदरमुकाम राजविराजसहित जिल्लाका दर्जनौं बस्ती डुबानमा परेका छन् ।

जिल्लाको रुपनी गाउँपालिका-१ मा खाडो नदीको बाढी बस्तीमा प्रवेश गरेपछि सप्तरीको ५० घर डुबानमा परेका छन् ।

खाँडो नदीको होचो तटबन्ध पार गरेर‌ बस्तीमा बाढी पस्दा रुपनी-१ को बस्ती डुबानमा परेको पालिका अध्यक्ष दिनेश कुमार यादवले जानकारी दिनुभयो ।

सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंक्रातीका अनुसार कञ्चनरूप नगरपालिका वडा नं ३र ११ तथा तिरुहुत गाउँपालिका वडा नं १ र २ मा समेत बाढी पसेको छ । उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको प्रजिअ मंक्रातीले बताउनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?