अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन : मन्त्री बस्नेत

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अबको पाँच वर्षमा नेपालमा चिकित्सक पाउन कठिन हुने बताउनुभएको छ ।

सोमवार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २८ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूले हेर्दा ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था नरहेको जिकिर गर्नुभयो ।

उहाँले नेपालको शिक्षा नीतिमा केही कमी, कमजोरीहरु रहेको बताउनु भयो । उहाँले कमजोरीहरुलाई हटाएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो । उहाँले जनसंख्या बढीरहेको सन्दर्भमा स्वास्थ्यकर्मीहरु पनि बढ्दै जान आवश्यक रहेको बताउनु भयो । उहाँले देशमा कामै नपाउने अवस्था रहेको बताउनु भयो । उहाँले दक्ष जनशक्ति नहुने र आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारो भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले सर्सती हेर्दा अब ५ वर्षपछि नेपालमा डाक्टर र नर्स पाउने अवस्था छैन । यसमा हाम्रो शिक्षा नीतिका केही कमी, कमजोरीका कुरा पक्कै हुन् । त्यो कमी कमजोरीलाई हटाएर आगामी दिनहरुमा बिरामीको संख्या अब घट्ने होइन बढ्ने हो । जनसंख्या घट्ने होइन बढ्ने नै हो । त्यसकारण स्वास्थ्यकर्मीहरु बढ्न त जरुरी छ । एकथरी सेवासुविधा कमजोर भएर पलायन हुने अवस्था छ । एकथरी काम गरेर बस्दा पनि आफ्ना बालबच्चाहरु राम्रा स्कुलमा पढ्न नसक्ने, राम्रो शिक्षा पाउन नसक्ने, घर व्यवहार हाम्रो चल्न नसक्ने एउटा अवस्था । अर्को कामै नपाउने अवस्था छ । अर्को दक्ष जनशक्ति नहुने अवस्था, यसले यो स्वास्थ्य क्षेत्र अर्थात आधारभुत स्वास्थ्य सेवा उपलब्ध गराउने कुरामा धेरै अफ्ठ्यारा आइलागेका छन् । र अर्को कुरा भौतिक पूर्वाधारदेखि लिएर अरु कुरा छन् ।’

मन्त्री बस्नेतले आगामी दिनमा मासिक २० लाखसम्म पारिश्रमीक पाउने जनशक्ति बनाएर विदेश पठाउने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?