नयाँदिल्ली । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिबिआई)ले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई बुधबार अदालतबाट पक्राउ गरेको छ । न्यायाधीशले आम आदमी पार्टी (आप) का राष्ट्रिय संयोजक केजरीवाललाई अदालतमा सोधपुछ गर्न अनुमति दिएपछि सिबीआईले उहाँलाई पक्राउ गरेको हो ।
अदालतले सिबीआईलाई उहाँको गिरफ्तारीका लागि सिबीआईसँग भएका सामग्री रेकर्डमा राख्न पनि भनेको छ । अदालतले जारी गरेको प्रोडक्सन वारेन्टको पालना गर्दै केजरीवाललाई आज नै न्यायाधीश अमिताभ रावतको इजलासमा उपस्थित गराइएको थियो ।
सुनुवाइका क्रममा केजरीवालकी पत्नी सुनिता केजरीवाल, आपका राज्यसभा सांसद सञ्जय सिंह र आप नेता दिलिप पाण्डे अदालतमा उपस्थित हुनुभएको थियो । सिबीआईका विशेष सरकारी अभियोजक डिपी सिंहले केजरीवालका वकिलको निवेदनविरुद्ध बहस गर्दै यसप्रति आफ्ना भिन्न मत राख्नुभएको छ । मंगलबार केजरीवालले तिहाड जेलमा पुगेर अन्तःशुल्क नीति प्रकरणसँग सम्बन्धित आफ्नो बयान रेकर्ड गराउनुभएको थियो ।
उहाँलाई प्रवर्तन निर्देशनालयले यस वर्षको मार्च २१ मा अन्तःशुल्क नीतिबारे भ्रष्टाचार अभियोग पक्राउ गरेको थियो र यस मुद्दामा उहाँ न्यायिक हिरासतमा हुनुहुन्छ ।
आम आदमी पार्टीका एक वकिलले पनि एक्समा पोष्ट गर्दै भनेका छन्, ‘सर्वोच्च अदालतले केजरीवाल अनुसन्धानमा सामेल भएको लगभग एक वर्षपछि सोही मामिलामा सिबीआईलाई पक्राउ गर्न भनेको छ ।’ दिल्ली उच्च अदालतले मंगलबार मुख्यमन्त्री अरविन्द केजरीवालको तल्लो अदालतले जारी गरेको जमानत आदेशमा रोक लगाएको छ र उसले भनेको छ, ‘अदालतले कम से कम ‘मनी लाउन्ड्रिंग अधिनियम (पिएमएलए)’ को धारा ४५ को दुवै सर्त पूरा गर्नका लागि आफ्नो सन्तुष्टि दर्जा गर्नुपर्छ ।’ रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच