वायु प्रदुषण रोक्न के गर्ने ?

Read Time = 11 mins

वायु प्रदुषणबारे भर्खरैको रिपोर्ट अनुसार नेपालको केन्द्रीय राजधानी काठमाडौंमा एयर क्वालिटी इन्डेक्स (एक्युआई) २२२ पुगेको थियो । हुन पनि वायु प्रदुषणका कारण विश्वभरिका मानिसहरूको आयु घट्छ भन्ने विज्ञहरूको भनाइ रहेको छ । अझ भारत, पाकिस्तान, बंगलादेश, नेपाललगायत देशमा हाल जन्मिरहेको बालबालिकाको आयु वायु प्रदुषणकै कारण ३० महिनाले घट्न सक्ने भन्ने विज्ञहरूको भनाइ रहेको छ । विज्ञहरूका अनुसार रगतमा चिनीको मात्रा धेरै भएर लाग्ने मधुमेह (डाइबिटिज, टाइप टु)को तेस्रो ठूलो कारण पनि वायु प्रदुषण नै हो ।

खोजकर्ताहरूका अनुसार यसो हुनुको कारणमा वायु प्रदुषणका कारण हामीले फेर्ने सासको माध्यमबाट प्रदुषित हावा फोक्सोमा पुग्नु हो । जसले गर्दा हाम्रो फोक्सोमा जलन सुरु भएसँगै रक्त सञ्चारमाध्यबाट हाम्रो शरीरको अन्य भागमा प्रदुषण फैलन थाल्छ । यसरी वायु प्रदुषणका कारण हामीलाई अनाहकमै अनेकौं रोगहरू लाग्ने गरेको तथ्य-तथ्यांकहरूल बताएको छ । जुन रोगको स्रोत वायु प्रदुषण हो भन्ने हामीलाई ज्ञान हुँदैन । हामी सबैलाई वायु प्रदुषणबाट हुने अनेकौं दीर्घकालीन रोग र यसका असरहरूका बारेमा ज्ञान हुने कुरो होइन ।

त्यसो त पछिल्लो समय वायु प्रदुषणकै कारण नै विश्वमा ठूलठूला प्राकृतिक प्रकोप र मानवीय क्षति हुने क्रम बढेको देखिन्छ । वायु प्रदुषणको बढ्नुको प्रमुख जिम्मेवार को ? भन्ने प्रश्न पनि विश्वभरि नै उब्जिएको छ । पृथ्वीमा ठूलो पैमानामा बढ्दै गएको वायु प्रदुषण हुनुमा पृथ्वीका अरू जीव–जन्तुहरूको केही दोष रहेको छैन, त्यसको मुख्य दोषी र जिम्मेवार हामी मानिसहरू नै हौं । त्यसमा पनि अविकशित, अल्पविकशित र विकासशील देशका मानिसहरू ठूलो र मुख्य दोष रहेको भन्ने विज्ञहरूको भनाइ रहेको छ ।

वायु प्रदूषणका कारण पृथ्वी र मानिसलाई हुने विभिन्न खाले असरहरूका सम्बन्धमा अध्ययन गरिरहेका वैज्ञानिकहरूका अनुसार अबको ४० वर्षपछि ओजोन तह पूर्ववत् रूपमा फर्किनेवाला छ । ओजोन तह क्षय हुनुमा उद्योग, कलकारखानामा प्रयोग हुने विभिन्न खालको रसायन प्रमुख कारक तत्वको रूपमा रहेको छ ।

अविकशित, अल्पविकशित र विकासशील देशका मानिसहरूले खाना पकाउने इन्धनको रूपमा काठ-दाउरा, गोबरको गुइँठा, मट्टितेल, ग्यास ठूलो मात्रामा प्रयोग गर्ने गरेका छन् भने अविकशित, अल्पविकशित र विकासशील देशका मानिसहरूले कम्तीमा पनि २०-२५ वर्षदेखि ३०-३५ वर्षसम्म पुरानो सवारी साधनहरू प्रयोग गरिरहेको देखिन्छ । जुन सवारीसाधनहरू वायु प्रदुषण बढाउने प्रमुख माध्यम हुन् । अविकशित, अल्पविकशित र विकासशील देशका सरकारले पनि त्यस्ता २०-२५ वर्षदेखि ३०-३५ वर्षसम्म पुरानो सवारीसाधनहरू पूर्णरूपमा हटाउनुको सट्टा अरू बढी कर (नवीकरण शुल्क) उठाएर निर्वाध रूपमा चल्न-चलाउन दिएको देखिन्छ । त्यसमा नेपाल जस्तो देश त झनै अछूतो रहन सक्ने कुरै भएन ।

वायु प्रदुषणका कारण पृथ्वी र मानिसलाई हुने विभिन्न खाले असरहरूका सम्बन्धमा अध्ययन गरिरहेका वैज्ञानिकहरूका अनुसार अबको ४० वर्षपछि ओजोन तहको तह (लेयर) पूर्ववत तहमा फर्किनेवाला छ । खोजकर्ता तथा वैज्ञानिकहरूका अनुसार ओजोन तह क्षय (प्वाल पर्नु) हुनुमा उद्योग, कलकारखानामा प्रयोग हुने विभिन्न खालको रसायन प्रमुख कारक तत्वको रूपमा रहेको छ । जुन रसानहरूले असामान्य ढंगले बढ्दै गएको छ भने, त्यसैको बढ्दो असर स्वरूप जलवायु परिवर्तन हुनुमा थप कारक हुँदैछ ।

हुन पनि पछिल्लो पटक वायु प्रदुष्णका साथै मौसम परिवर्तनका कारण हुने ओजोन तह क्षय (प्वाल पर्ने क्रम बढ्दै) क्रमसँगै विश्वका धेरै देशमा असमयमा पानी पर्ने, डढेलो लाग्ने, मुसलधारे वर्षा हुने, हिमपात हुने, आँधी बेहरी आउने, हिउँ पग्लने, हिम ताल फुट्ने, हावा चल्ने, हुन्डरी आउने, अचानक समुन्द्री सतहमा पानीको सतह बढ्ने, अकस्मात चिसो बढ्ने, गर्मी बढ्ने आदि क्रम बढ्दै गएको देखिन्छ । नेपालको केन्द्रीय राजधानी रहेको काठमाडौं उपत्यकाको बनावट कचौरा आकारको भएकाले गर्दा अरू ठाउँ हेरेर बढी वायु प्रदुषणले च्याप्ने गरेको छ । त्यसैले हावा हत्पत बाहिर जाँदैन ।

धेरै अघिदेखि विश्वभरि जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै वायु प्रदुषण बढ्दो क्रम रहेको देखिन्छ । यसको असर कम गर्न विषय विज्ञ, वैज्ञानिक, खोज-अनुसन्धानकर्ता, वातावरणविद् लगायत जलवायु परिवर्तन र त्यसले निम्त्याएको वायु प्रदुषणका बारेमा चिन्ता व्यक्त गर्दै सक्दो आवाज उठाउँदै आएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले केही वर्षअघि प्रकाशित गरेको एक अध्ययन प्रतिवेदनलाई आधारमा भन्नु पर्दा वायु प्रदुषणका कारण विश्वका विभिन्न देशमा वर्षैपिच्छे ७० लाख मानिसहरूले अल्पायुमै आप्mनो जीवन गुमाइरहेका छन् । वायु प्रदुषणका प्रमुख कारण औद्योगिक उत्पादन, उद्योग-धन्दा र कलकारखाना प्रयोग हुने रसायन प्रमुख कारण भनी माथि नै उल्लेख भएको छ । अत्यधिक छिटो गतिमा वायु प्रदुषण भइरहेको कारण नै मौसममा पनि परिवर्तन आइरहेको छ । विज्ञहरूका अनुसार नेपालको राजधानी काठमाडांै विश्वकै ५० प्रदुषित शहरमध्ये पहिलो नम्बरमा रहेको थियो ।

गतवर्ष डा.माधव अधिकारीले ‘नेपाल समाचारपत्र दैनिक’मा लेखेको एक लेखअनुसार त्यस बेलाको काठमाडौं उपत्यकको वायुको गुणस्तर सूचांक रत्नपार्कमा ३७१, ललितपुरको भैंसेपाटीमा ३२९, र भक्तपुरमा २१६, चितवनको सौराहामा २१० अंक रहेको थियो । जब कि सोही लेखमा उल्लेख भएअनुसार विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्डअनुसार भने, वायुको गुणस्तर सूचांक (एक्युआई) ३५ भन्दा कम राम्रो हो । त्यस्तै ५१ देखि १०० सम्म सामान्य हो भने, २०१ भन्दा माथि अस्वस्थ्यकर हो । ३०१ भन्दा माथि त असाध्यै घातक हुन्छ । नेपालमा जहाँ जहाँ वायुको गुणस्तर सूचांक (एक्युआई) मापन गरिएको थियो, सबै ठाउँमा वायुको गुणस्तर सूचांक (एक्युआई) अत्यधिक घातक रहेको देखिन्थ्यो ।

हाम्रो देश नेपाल जस्ता अरू धेरै अल्प विकशित देशहरूमा वायु प्रदुषण बढ्नुमा ३०, ३५, ४० वर्षभन्दा पुराना बस, कार, जिप, भ्यान, मोटर साइकललगायत गाडीहरू अझै पनि चल्न दिनु (करको लोभमा) हो । यस्ता थोत्रा गाडी चलाउनेहरूका अनुसार यस्तो सवारीसाधनमा सरकारले बढी कर लिइरहेको छ । साथै युरो पाँच-छ मापदण्ड पूरा नभएको पेट्रोल, डिजेल, मट्टितेल, ग्यास, कोइलालगायत औद्योगिक इन्धनहरूको प्रयोग र धेरैजसो नेपालीको घरमा भात-भान्सा तयार गर्न काठ-दाउराको प्रयोग गर्ने, गोबरको गुइँठा बाल्ने भुस र फुसलाई इन्धनका रूपमा प्रयोग गर्ने गर्नाले पनि नेपालमा वायु प्रदुषण बढ्नमा सहयोग पुग्ने गरेको देखिन्छ ।
हुनत गएको केही वर्षदेखि चीन, अष्ट्रेलिया, अमेरिका, नेपाल, ब्राजिल, क्यानाडा लगायतका देशमा कैयौं दिन वा हप्ता दिनसम्म पनि अनियन्त्रित ढंगले वन-जंगलमा लगातार रूपमा लाग्ने गरेको आगलागी र डढेलोले पनि वायु प्रदुषण बढाउनका लागि सहायक भूमिका खेलेको छ । धेरै अघिदेखि विश्वभरि जलवायु परिवर्तन र मौसम परिवर्तनसँगै वायु प्रदुषण बढ्दो क्रम रहेको देखिन्छ । यसको असर कम गर्न विषय विज्ञ, वैज्ञानिक, खोज-अनुसन्धानकर्ता, वातावरणविद् लगायत जलवायु परिवर्तन र त्यसले निम्त्याएको वायु प्रदुषणका बारेमा चिन्ता व्यक्त गर्दै सक्दो आवाज उठाउँदै आएका छन् ।

एकातिर जलवायु परिवर्तनका कारण हुने वातावरण विनाश, हिमनदी पग्लने र यसले हिमाली र पहाडी क्षेत्रमा बसोवास गर्ने मानिसहरूमा पार्ने दीर्घकालीन असर, स्वच्छ पानीको मुहान सुक्दै गएर अन्त्य हुने चिन्ता छ भने अर्कोतिर बेमौसमी बाढी, पहिरो रोक्नका लागि कसले बढी जिम्मेवारी लिने ? भन्ने विषयमा ठूला तथा साना देशहरूबीच मतैक्य हुन सकेको छैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?