बागमती प्रदेसभाको सभामुखमा तीन जनाको उम्मेदवारी दर्ता

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बागमती प्रदेशसभाको सभामुखमा भुवन पाठक, शिवराज अधिकारी र सृजना सायजुको उम्मेदवारी परेको छ ।

सत्ता गठबन्धनका तर्फबाट राप्रपाका भुवन पाठकले सभामुखमा उम्मेदवारी दिनुभएको छ। उहाको प्रस्तावकमा एमाले जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल हुनुहुन्छ ।

शिवराज अधिकारी कांग्रेसका उम्मेदवार हुनु हो भने सायजु नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार हुनु हो ।

बागमती प्रदेश कांग्रेस संसदीय दलको निर्णयअनुसार अधिकारीले कुन्दनराज काफ्ले प्रस्तावमा र रामकृष्णा चित्रकारको समर्थनमा उम्मेदवारी दिनुभएको छ ।

नेमकिपाका सांसद सुरेन्द्र राज गोसाइ प्रस्तावक र गीता काफ्लेको समर्थकमा सायजुले सभामुखमा उम्मेदवारी दर्ता गराउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?