पाल्पा । कुलतमा फसेरकाहरु पुनःराम्रो बनेका कमै उदाहरणहरु नेपाली समाजमा भेटिन्छन् । लागुऔषध दुुव्र्यसनीमा फसेका अधिकांसहरुले आफ्नो स्वास्थ्य र सम्पति मात्र सिध्याउदैनन् उनीहरुले परिवारको विच्चल्ली समेत बनाएर छोडेका धेरै घटनाहरु समाजमा विद्यमान छन् । केही अपवादका रुपमा भने कुलतमा फसेर विग्रिएकाहरु राम्रो बनेका पनि छन् । यस्तै मध्ये एक हुनुहुन्छ पाल्पाको बगनासकाली गाउँपालिका घोरबन्दका प्रेमबहादुर कुमाल (प्रेम ठेकदार) ।
लामो समय रक्सीको लतमा फस्नुभएका उहाँ अहिले एक असल व्यक्तिको रुपमा पहिचान बनाउन सफल हुनुभएको छ । घरमा आमा बुवाले रक्सी खाने गरेका कारण खाना सिक्नुभएका कुमाल छोड्नै नसक्ने गरी लतमा फस्नुभएको थियो । अन्ततः उहाँले रक्सीका कारण स्वास्थ्य समस्या र परिवार, समाजबाटै अपहेलित जीवन विताउनुपर्ने स्थितिमा पुगेपछि लत नै छोड्नुभएको हो । अहिले उहाँले परिवार, समाजबाट माया मात्र पाउनुभएको छैनन्, दुव्यर्सनीमा फसेकाहरुलाई परामर्श समेत दिर्दै आउनुभएका छ ।
रक्सीको लतबाट छुट्नुभएका कुमालले लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा जिल्ला सुरक्षा समिति र जिल्ला प्रहरी कार्यालय पाल्पाले संयुक्त रुपमा आयोजना गरेको ¥याली तथा प्रभात भेरी कार्यक्रमको समापनमा आफ्ना अनुभव सुनाउँदै लामो समयपछि रक्सीको लतबाट छुट्कारा पाएको बताउनुभयो । उहाँले आमा बुबाबाटै रक्सी खाना सिकेको उल्लेख गर्नुभयो । कुमालले भन्नुुभयो ‘आमा बुवालाई रक्सी लिन जाँदा जाँदै मैले पनि खाना सिकें, गर्दा गर्दै म लामो समय नै रक्सीको लतमा फसे, रक्सी खाँदा श्रीमति, छोराछोरी र समाजबाट अपहेलित र उपेक्षित भएँ । त्यति मात्र होइन मलाई टिभी रोग पनि देखियो । रोग देखिदा पनि मैले रक्सी खाना छाडिन् । तर मेरो स्वास्थ्य अवस्था अत्यन्त नाजुक हुँदै गयो ।
मैलै सोचें अब म बाँच्नु छ र छोराछोरीहरुका लागि के गर्नु छ भने रक्सी खाना छोड्नुपर्छ । मेरा कारण छोराछोरी र श्रीमतिले दुख पाउने भए भनेर भित्रैदेखि आत्मबल बढाएर खाना छोड्दिएको हुँ ।’ उहाँले भित्रैदेखि आत्मबल बढाएमा रक्सी छोड्न सकिने बताउनुभयो । कुमालले रक्सी भनेको विनासकारी रोग भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘रक्सी खानेहरुमा आफु बाहेक अरु कसैको चासो हुँदैन । छोराछोरीहरुलाई किताब, कापी किन्न, श्रीमतिलाई लुङ्गी किन्न समेत पैसा हुँदैन तर आफुलाई रक्सी खाना जसरी पनि पैसा हुन्छ ।’ रक्सीले स्वास्थ्यमा मात्रै असर गर्दैन सम्पति र भएको इज्जत समेत सकिने कुमालले बताउनुभयो ।
उहाँले अहिले विद्यार्थीहरु लागुपदार्थको लतमा फसेकाले त्यसतर्फ नलाग्न आग्रह गर्नुभयो । २४ सैं घण्टा रक्सी खाएर सम्पति सकेको र सन्तानबाट अपहेलित भएका कुमालले अहिले रक्सी खाना छोडेर घोरबन्दामा हिमचुली बंगुर फर्म खोलेर बार्षिक १६ लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले त्यही आम्दानीबाट अहिले छोराछोरीलाई राम्रैसँग पढाएको बताउनुभयो । कुमालले भन्नुभयो ‘मैले रक्सी खाँदा छोराछोरीले कापी किताब, श्रमितिले लुङ्गी किनिदिनुन भन्दा म सँग पैसा छैन् भन्दै हकारें, तर मलाई रक्सी खाना जहाँबाट पनि पुग्यो ।’ अहिले ति दिन सम्झदा नराम्रो लाग्ने गरेको उहाँले अनुभव सुनाउनुभयो । कुमालले अहिले रक्सी छोडेर व्यवसायिक बंगुर पालन मात्र गर्नुहुन्न नयाँ सुरुवात नेपाल भन्ने संस्थामा आवद्ध भएर कुलतमा फसेकाहरुलाई परामर्श दिने काम समेत गर्दै आउनुभएको छ । उहाँले सुरु सुरुमा रक्सी छोड्दा आफुलाई निकै गाह्रो भए पनि पछि सहज हुँदै गएकाले कुलतमा फसेकाहरुलाई छोड्न आग्रह समेत गर्नुभयो । कुमालले लागुपदार्थले कसैलाई पनि राम्रो नहुने भएकाले अहिलेदेखि नै त्यसबाट टाढा रहन विद्यार्थीहरुलाई अनुरोध पनि गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच