काठमाडौं । विद्युत् नियमन आयोगका नवनियुक्त अध्यक्ष डा. रामप्रसाद धितालले विद्युत् ऊर्जाअन्तर्गत जलविद्युत्बाहेकका प्रविधि उपयोगका लागि पनि उपयुक्त वातावरणको निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । ऊर्जा दक्षता, ऊर्जा सुरक्षा र दिगो ऊर्जा मिश्रणमा नवीकरणीय ऊर्जा र निजी क्षेत्रको सहयोग आवश्यक हुने उहाँको भनाइ थियो ।
आयोगका नवनियुक्त सदस्य डा. मधुसुदन अधिकारीले आयोगले समग्र ऊर्जा क्षेत्र नियमन गर्ने भएकाले नवीकरणीय ऊर्जा क्षेत्रमा पनि आयोगको ध्यान पुग्ने भन्दै आयोगले सो क्षेत्रको नीतिगत सहजताका लागि पहल गर्ने बताउनुभयो । आयोगका सदस्य झमकप्रसाद शर्मा र गौतम डंगोलले पनि सबैको सहयोगबाट अपेक्षित परिणाम हासिल गर्न सकिने बताउनुभएको थियो ।
नेपाल नवीकरणीय ऊर्जा परिसंघको अग्रसरतामा आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूसँगको उक्त भेटघाट कार्यक्रममा नेपाल लघु जलविद्युत् विकास संस्था, सौर्य विद्युत् उत्पादक संघ, सौर्य तापीय ऊर्जा संघ, नेपाल बायोग्याँस प्रवद्र्धन संघ, ग्रामीण ऊर्जा प्रविधि संघ, जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल, जैविक ऊर्जा व्यवसायी संघलगायतका संस्थाका पदाधिकारी तथा ऊर्जा उद्यमीको सहभागिता रहेको थियो । उनीहरूले नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई बधाई दिँदै नवीकरणीय ऊर्जा क्षेत्रको विकास र प्रवद्र्धनमा नेतृत्वदायी भूमिका खेल्न आग्रह गरेका थिए ।
सो अवसरमा नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले आयोगद्वारा जलविद्युत्बाहेकका ऊर्जा प्रविधि पनि सम्बोधनमा जोड दिँदै विद्युतीय ऊर्जा उत्पादनतर्फ निजी क्षेत्रको सहभागिता सुरक्षित हुने वातावरण निर्माण गर्न आग्रह गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच