वासिङ्टन डिसी । कोपा अमेरिका २०२४ अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा पेरुलाई हराउँदै साबिक विजेता अर्जेन्टिना शत प्रतिशत नतिजासहित समूह विजेता बनेको छ । अर्जेन्टिनाले हार्ड रक रंगशालामा पेरुमाथि २-० को जित निकालेको हो । अर्जेन्टिनाका लागि दुवै गोल लौटारो मार्टिनेजले दोस्रो हाफमा गर्नुभएको हो ।
कप्तान लियोनेल मेस्सी पूरै समय बेन्चमा बसेको खेलमा अर्जेन्टिनाले खेलमा पूर्ण पकड कायम गरेको थियो । पहिलो हाफमा पटक-पटक गोल गर्न चुकेको अर्जेन्टिनाका लागि दोस्रो हाफको ४७औँ मिनेटमा लौटारोले खाता खोल्नुभएको थियो । ८६औँ मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गर्नुभयो । यस समूहको अर्को खेलमा क्यानडा र चिलीले गोलरहित बराबरी खेले । यससँगै चिली भने समूह चरणबाट नै बाहिरियो । अर्जेन्टिनाको तीन खेलमा नौ अंक हुँदा क्यानडाले चार अंक जोड्यो । चिलीको दुई तथा पेरुको एक अंक रहृयो ।
यस्तै, चिलीलाई गोलरहित बराबरीमा रोक्दै क्यानडा कोपा अमेरिकाको क्वाटरफाइनलमा प्रवेश गरेको छ । इन्टर एण्डको स्टेडियममा आइतबार बिहान सम्पन्न खेलमा क्यानडा र चिलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । योसँगै समूह ‘ए’मा तीन खेलबाट एक जित, एक बराबरी र एक हारसहित तीन अंक जोड्दै उपविजेता बनेको हो । समान खेलबाट दुई अंक जोड्दै तेस्रो स्थानमा रहेको चिली प्रतियोगिताबाट बाहिरिएको छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच