काठमाडौं । टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियन्स-३ को उपाधि सुनिल खड्काले जित्नुभएको छ । शनिबार राति सम्पन्न भएको सोकोे ग्राण्ड फिनालेमा दक्षिणकाली, काठमाडौंका खड्का विजयी हुनुभएको हो । उपाधिसँगै खड्काले २५ लाख रुपैयाँ नगद तथा ४० लाख मूल्यको विद्युतीय गाडी ‘नेटा भी’ प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा सुनसरीका ऋषभ काफ्ले फष्र्ट रनर्सअप हुनुभयो भने नवलपरासीकी सुयशा खनाल सेकेण्ड रनर्सअप बन्नुभयो । विशाल भण्डारीको निर्देशन रहेको यो शोको निर्णायकमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई तथा ऋचा शर्मा रहनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच