काठमाडौं । हिमाल सागरको स्वर र संगीतमा विसं २०६० सालमा तयार भएको ‘रिलेसन’ एल्बममा समावेश सुपरहिट गीत ‘न मैले लेखें, न उनले लेखिन’ को नयाँ भर्सन सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै गायक सागरले नै तयार गरेको उक्त गीतको अडियो र भिडियो आधुनिक स्वरूपमा तयार गरेर सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा मानस केसीको शब्द रहेको छ भने योगेश काजी शाहले एरेञ्ज गर्नुभएको छ । निकेश खड्काको निर्देशन, धीरजजंग शाहको छायांकन, विकास धमलाको सम्पादन छ । भुवन गिरी, प्रज्वल गिरी र रूपेश थापाद्वारा निर्मित ‘न मैले लेखें, न उनले लेखिन’ बोल रहेको गीतको भिडियो नेपाल रिदम रेकर्ड्स (एनआरआर) बाट सार्वजनिक गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच