काठमाडौं । प्रकाश विकल्पको पुस्तक ‘एन्टिथेसिस’ पाठकमाझ आएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकर, पूर्वविज्ञान मन्त्री गणेश शाह, पूर्वराजदूतएवं मुख्यसचिव लीलामणि पौडेल, प्राडा.सुधा त्रिपाठी र प्राडा.दिनेश भुजुलेलगायतले उक्त पुस्तकको लोकार्पण गर्नुभएसँगै पुस्तक पाठकमाझ आएको हो ।
पुस्तकको टिप्पणी गर्दै पूर्वमन्त्री शाह र पूर्वमुख्यसचिव पौडेलले यसमा परिवर्तनको हुट्हुटीलाई नयाँ ढंगले अभिव्यक्त गरिएको बताउनुभयो । मन्त्री शाहले विज्ञान प्रविधिको विकासविना देशको विकास सम्भव नहुनेतर्फ औल्याउँदै पुस्तकले विज्ञान प्रविधिको विकासक्रमलाई उजागर गरेको धारणा राख्नुभयो ।
मानव जातिले विकास गरेका कतिपय सभ्यतालाई खराव भन्न नहुनेमा पौडेलको जोड थियो । यस्तै, त्रिभुवान विश्वविद्यालयकी प्रध्यापक सुधा त्रिपाठीले पुस्तकले आधुनिक युगको परिकल्पना गरेको बाताउनुभयो । पुस्तक शिखाबुक्सले बजारमा ल्याएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच