धरानका उपप्रमुख बेघाको घरमा आक्रमण गर्ने एक जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

सुनसरी । धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाको घरमा आक्रमण र तोडफोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी प्रहरीका अनुसार घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । राजनीतिक कारण भन्दा विवादको अरू नै कारण रहेको बताइएको छ ।

मंगलबार बेलुका धरान-१५ स्थित बेघाको घरमा भएको तोडफोडबाट उहाँका कान्छा भाइ विष्णु घाइते हुनुभएको छ । उहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

बेघाको घरमा पसेर हतियारसहितको समूहले तोडफोड गरेको थियो ।

घटना के कारणले भएको हो भनेर अनुसन्धान भइरहेको धरान इलाका प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले बताउनुभयो । धरानमा पछिल्लो समय अराजक गतिविधि बढ्दै गएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?