महासंघको सदस्यता शुद्धिकरणमा निष्पक्ष छानविन गर्न (फोनिज) धादिङको माग

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । नेपाल पत्रकार महासंघको सदस्यता शुद्धिकरणमा निष्पक्ष छानविन गर्न नेपाल आदिवासी जनताति पत्रकार महासंघ (फोनिज) धादिङले माग गरेको छ ।

सदस्यता शुद्धिकरणमा राजनितिक संगठनहरुको दबाबमा नपरी केन्द्रले तय गरेको मापदण्ड कार्यान्वयनमा ल्याउन फोनिज धादिङले माग राखेको हो । सदस्यता शुद्धिकरण अन्तर्गत बागमती प्रदेश समितिको छानविन कार्यदलसँग माग राखेको फोनिज धादिङका अध्यक्ष अर्जुन श्रेष्ठले बताउनु भयो ।

सदस्यता नविकरण र नयाँ सदस्यता वितरणमा परेका उजुरीहरुको विषयमा छलफल गर्न धादिङ आइपुगेका पत्रकार महासँघ बागमती प्रदेश समितिका अध्यक्ष शिव प्रसाद देवकोटा, सदस्यहरु पेमा लामा र सम्झना हुमागाईसहितको टोलीसँग फोनिजले सदस्यता शुद्धिकरण अभियान चलिरहँदा आफ्ना संगठनलाई बलियो बनाउन पत्रकार सम्बद्ध राजनीतिक संगठनहरु सक्रिय भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पत्रकारहरुको साझा संस्था रहेको र यसले पत्रकारको क्षमता अभिवृद्धि तथा हकहित संरक्षणको क्षेत्रमा काम गरिरहेको बताउँदै श्रेष्ठले महासंघको छविलाई अझ उँचो बनाउन पनि आग्रह गर्नुभयो । पत्रकारिता पेशामा सिक्ने र टिक्न सक्ने वातावरण बनाउन महाँसंघले खेलेको भूमिका सराहनिय रहेको भन्दै पत्रकारिता पेशाको महिमा उच्च राख्न पनि मापदण्डलाई पालना गरी शुद्धिकरण अभियान सञ्चालन गर्न फोनिज धादिङले अनुरोध गरेको छ ।

छलफलका क्रममा महासंघ बागमती प्रदेश अध्यक्ष देवकोटाले ‘मापदण्ड अनुसार नै सदस्यता शुद्धिकरण हुने र शुद्धिकरण छानविन कार्यदल पत्रकार संगठनहरुको दबाब र कुनै पनि किसिमको आस्थामा परेर मापदण्ड विपरित नजाने बताउनु भयो ।

कार्यदलका सदस्य एवम् फोनिजका बागमती इञ्चार्ज पेमा लामाले फोनिज र नेपाल पत्रकार महासंघसँग सगै रहेका्, सदस्यता शुद्धिकरण मापदण्ड भित्र रहेका फोनिजकर्मीहरु नछुट्ने र मापदण्डमा रहेका सबै पत्रकारको नविकरण हुनेमा ढुक्क रहन अनुरोध गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?