संसदमा एमाले सांसदहरू सरकारप्रति आक्रामक : शून्य समयलाई नसुन्ने समयको रूपमा परिवर्तन गर्न आग्रह

Read Time = 2 mins

काठमाडौं । प्रतिनिधिसभा बैठकको शून्य समयमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरू सरकारप्रति आक्रामक भएका छन् । उनीहरूले सामाजिक सरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

शून्य समयमा बोल्ने अधिकांश एमाले सांसदहरूले सरकार जनताको शान्ति सुरक्षा र समस्याप्रति उदासीन भएको आरोप लगाएका छन् ।

सांसद कृष्ण राईले मेलम्ची खानेपानी आयोजनाका कारण बौद्ध र जोरपाटीका स्थानीयलाई परेको समस्यबारे सरकारको ध्यानाकर्षण गराउनु भयो । सांसद कृष्णभक्त पोखरेलले चितवनमा बाढीपहिरो र डुबानका समस्याबारे सरकारको ध्यानाकर्षण गराउनु भयो ।

सांसद खगराज अधिकारीले पोखरा विमानस्थलमा भ्रष्टाचार भएको भन्दै सरकारका मन्त्रीहरू कमिसनमा लिप्त भएको आरोप लगाउनु भयो ।

सांसद गंगा चौधरीले जेलमा रहेका अभियुक्त छुटाउन महान्यायाधिवक्ता नै लागिपरेको भन्दै महान्यायाधिवक्ताले तत्काल राजीनामा दिनुपर्ने माग गर्नुभयाे। सांसद झपट रावलले शून्य समयलाई नसुन्ने समयको रूपमा परिवर्तन गर्न आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?