माल्दिभ्समा किरण उत्कृष्ट गोलकिपर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङ माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उत्कृष्ट गोलकिपर घोषित हुनुभएको छ । माजिया स्पोर्ट्स एन्ड रिक्रिएसनबाट खेल्नुभएका किरण सिजनको उत्कृष्ट गोलकिपर बन्नुभएको हो । किरण आबद्ध माजियाले यस सिजनको उपाधि जितेको थियो । माजियाले लगातार तेस्रोपटक उपाधि जितेको हो । माजियालाई उपाधि दिलाउन किरणले उत्कृष्ट प्रदर्शन गर्नुभएको थियो ।

किरणले व्यक्तिगत दोस्रोपटक माल्दिभ्सको लिगको उपाधि जित्नुभएको हो । यसअघि उहाँले टिसी स्पोर्ट्स क्लबबाट उपाधि जित्नुभएको थियो । किरणले २०१७ र १८ को सिजन टिसी स्पोर्ट्स क्लबबाट माल्दिभ्सको लिग खेल्नुभएको थियो । किरण २०१८ को लिगमा उत्कृष्ट गोलकिपर चयन हुनुभएको थियो ।

मैदानमै विवाह प्रस्ताव
नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले मैदानमै प्रेमिकालाई विवाह प्रस्ताव राख्नुभएको छ । माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेको अवसरमा किरणले प्रेमिका कञ्चन निरौलालाई मैदानमै विवाह प्रस्ताव राख्नुभएको हो । किरणको विवाह प्रस्ताव कञ्चनले स्वीकार गर्नुभएको छ ।

किरणले प्रेमिकालाई विवाह प्रस्ताव गरेको भिडियोसमेत सार्वजनिक गर्नुभएको थियो । एयर होस्टेज कञ्चन र किरण पछिल्लो डेढ वर्षयता डेट गरिरहनुभएको थियो । किरण आबद्ध माजिया स्पोर्ट्स एन्ड रिक्रियसनले उपाधि जितेको थियो । उपाधि ट्रफी वितरणपछि किरणले प्रेमिकालाई विवाह प्रस्ताव राख्नुभएको हो ।

उक्त अवसरमा किरणले प्रेमिकाकी आमा र स्वयं आफ्नी आमालाई पनि माल्दिभ्स लग्नुभएको थियो । थ्री नेसन्स कप जित्दा पनि दुईजना एकै साथ दशरथ रंगशालामा देखिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?