![नेपाली पर्यटनको छलाङ र १६ लाखको लक्ष्य](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Ninam-Lovati-Hita-Article.jpg)
✍️ हरिगोपाल प्रधान
नेपालमा पर्यटन-व्यवसायले थोरै भए पनि गति लिन थालेको छ । संसारको जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने एउटा माध्यम पर्यटन पनि हो । पर्यटनलाई बढावा दिने मुख्य साधन यातायात हो । यातायातविना पर्यटन-विकासको कल्पनै गर्न सकिँदैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी क्षेत्रहरूमा विकासको गति अत्यन्त मन्द हुन्छ । यस्ता क्षेत्रमा यातायातका स्थल, साधनहरू विकट पहाडी क्षेत्रमा पुर्याउन अत्यन्त कठिन र जोखिमपूर्ण हुन्छ । त्यस्ता क्षेत्रहरूमा हवाईसाधनको व्यवस्था गर्नु आवश्यक पर्दछ । तर हवाईसाधनको व्यवस्था गर्नु महँगो पर्दछ । नियमित उडान गराउन विविध समस्याले गर्दा अत्यन्त कठिन हुने भए तापनि त्यस्ता देशहरूमा स्थल यातायातभन्दा हवाई यातायात नै चाँडै व्यवस्था गर्न सकिन्छ ।
अत्यन्तै न्यून भू-भागमात्र सुगम र अत्यधिक भू–भाग दुर्गम रहेको हाम्रो राष्ट्रमा अझैसम्म कतिपय सुगम मानिने ठाउँमा समेत यातायातसेवा पुर्याउन सकिएको छैन । हिमाली र पहाडी भेगमा पर्ने धेरैजसो स्थान यातायातको सुविधाबाट वञ्चित छन् । यो स्थिति राष्ट्रकै लागि लाजलाग्दो कुरा हो । विकासको गतिलाई तीव्र बनाउने हो भने नेपालका हिमाली र पहाडी भेगका सबै ठाउँहरूमा यातायातको विस्तार गर्नु अत्यावश्यक देखिन्छ । हिमाली प्रदेशमा राजमार्गको निर्माण गर्नुपर्ने प्रस्ताव भरखरै आएको छ । सरकारको इच्छाशक्ति, विश्वसनीयता र जनपरिचालन हुने हो भने यो काम कठिन र असम्भव हुँदै होइन । नेपालको पर्यटन–विकासमा यातायातका यस्ता पक्षले अहम् भूमिका खेल्न सक्छन् ।
नेपालभित्रको आन्तरिक राजनीतिक द्वन्द्वबाहेक सिधा बाटो नपाएर पनि विदेशी पर्यटक नेपाल आउन पाइरहेका छैनन् । अहिले परिस्थिति केही फेरिएको र राजनीतिक परिस्थिति पनि केही सङ्लो भएकोले अब पर्यटकहरूको संख्यामा उल्लेख्य रूपमा वृद्धि हुने आशा सबैमा पलाएको छ ।
नेपालको भू-धरातललाई दृष्टिगत गर्दा हवाई–यातायातलाई पर्यटन-प्रवद्र्धनका लागि प्रयोग गर्नु हाम्रो आवश्यकता र चुनौती दुवै हो । यसका लागि सरकारी नियन्त्रणको नेपाल वायुसेवा निगमलाई सबल बनाउनु प्रथम कर्तव्य हुन आउँछ । आन्तरिक तथा बाह्य पर्यटकलाई एक ठाउँबाट अर्को ठाउँमा ओसारपसार गर्नुमात्र होइन, यातायातको सुविधा नभएका ठाउँमा उपभोग्य वस्तुको ढुवानी गर्नु हवाई सेवाको कर्तव्य हो । हाम्रोजस्तो हिमालै हिमाल र पहाडै पहाडले भरिएको मुलुकमा विदेशी पर्यटकहरूलाई भित्र्याउन सक्नु र उनीहरूबाट विदेशी मुद्रा प्रशस्त आर्जन गर्न सक्नु राष्ट्रको प्रमुख कर्तव्य हो । यो कर्तव्यको निर्वाह गर्ने प्रमुख माध्यम नै हवाई सेवा हो । पर्यटन-उद्योग देशविकासको मेरुदण्ड नै भएको हुनाले, पर्यटन-उद्योगको विकास हवाई सेवाको क्रियाकलापमै निर्भर रहेकाले उचित संरक्षण र व्यवस्थापन गर्नु अत्यावश्यक छ । अनिमात्र पर्यनटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न र राष्ट्रको उन्नति गर्न सजिलो पर्नेछ ।
एकातिर नीति निर्माणतहमा रहेका व्यक्तिहरूको अदूरदर्शिताले गर्दा आन्तरिक तथा बाह्य दुवै प्रकारका पर्यटकले समुचित सेवा पाउन सकिरहेका छैनन् भने अर्कातिर नेपालभित्रको आन्तरिक राजनीतिक द्वन्द्वबाहेक सिधा बाटो नपाएर पनि विदेशी पर्यटक नेपाल आउन पाइरहेका छैनन् । अहिले परिस्थिति केही फेरिएको र राजनीतिक परिस्थिति पनि केही सङ्लो भएकोले अब पर्यटकहरूको संख्यामा उल्लेख्य रूपमा वृद्धि हुने आशा सबैमा पलाएको छ । नेपाल वायुसेवा निगमले सात वर्षअघिदेखि दोहा उडान थालेको र हालसालै मात्र दमाम उडान गरेपश्चात् विश्वका ठूला-ठूला वायुसेवा निगमहरूले उडान गर्ने दोहा-दमामसँग सिधा हवाई सम्पर्क भएकाले युरोप र अमेरिकाका पर्यटकहरू नेपाल आउन सजिलो भएको हुादा पर्यटकको संख्यामा उल्लेख्य रूपमा अन्य देश भएर नेपालमा आउने पर्यटकहरूलाई सबैभन्दा महँगो भाडादर पर्न आए तापनि पर्यटन आगमनमा वृद्धि हुने आशा पलाउनु स्वाभाविकै हो । खाडी राष्ट्रहरूमा काम गरिरहेका करिब १० लाख नेपाली मजदुरहरूको आवतजावतमा पनि यो उडानले सुविधा पुर्याएको छ । दोहा, दमामसँग सिधा हवाई सम्पर्क भइरहेकाले विदेशी पर्यटकहरूले भारत हुँदै नेपाल आउनुपर्ने बाध्यता हटेको छ । राष्ट्रका लागि ठूलो उपलब्धि मान्नुपर्छ ।
नेपाल वायुसेवा निगमले पर्यटकहरूको कमी हुने जुनसुकै मुलुकसँग द्विपक्षीय हवाई-सम्झौता गर्नुको सट्टा पर्यटकहरू बढी हुने मुलुकहरूसँग बढी सम्बन्ध विस्तार गर्ने हो भने ४२ वटा मुलुकको सट्टा त्योभन्दा कम मुलुकसँग भएको द्विपक्षीय हवाई-सम्झौताले पनि नेपालको पर्यटन-व्यवसायलाई ठूलो टेवा पुग्नेछ ।
पर्यटन-व्यवसायका लागि सबैभन्दा ठूलो वरदान बनेको हवाईसेवाले विश्वलाई साँगुरो पार्दै लगी एउटा सानो गाउँमा परिणत गराउन अहम् भूमिका खेलेको छ । विश्वमा हवाईयात्रुहरूको संख्यामा क्रमशः बढोत्तरी भइरहेको छ । प्रत्येक वर्ष दशौं लाखभन्दा बढी व्यक्तिहरूले आन्तरिक हवाई यात्रा गरिरहेका छन् । हवाई सेवाकै कारणले पर्यटनलगायत सबै मुख्य बजारले उच्च वृद्धि हासिल गरेका छन् । हवाई सेवाले चीन, हङ्कङ, इटाली र जर्मनीले आफ्ना उत्पादनहरू दोब्बरकै संख्यामा वृद्धि गरिसकेका छन् । विश्व-पर्यटनबजारको आम्दानीमा वृद्धि भई १००० अर्ब डलरको हाराहारीमा पुगिसकेको छ । दक्षिण एसियाले कूल आम्दानीको एक प्रतिशत मात्र पाउन सके तापनि यसबाट युरोप र अमेरिकाको आम्दानीमा मनग्गे वृद्धि भएको छ । चीनले उल्लेखनीय वृद्धिको अभिलेख राखिसकेको छ । नेपालले हवाई सेवाबाट आय-आर्जन गर्ने त गरिरहेको छ, तर राजनीतिक द्वन्द्व, राजनीतिक हस्तक्षेप र समुचित व्यवस्थापनको अभावले गर्दा अपेक्षित लाभ लिन सकिरहेको छैन । विदेशी पर्यटकहरूको संख्यामा गिरावट आई भारतबाट नेपाल आउने पर्यटकमा समेत प्रशस्त संख्यामा कमी आइदिएकाले नेपाललाई केही समस्या देखापरेको छ । वार्षिक सालाखाला १८० लाख डलरमात्र पर्यटन-व्यवसायबाट नेपालले आम्दानी गर्ने गरेको छ ।
सन् १९९० को दशकदेखि हवाई यात्रुहरूको संख्या विश्वमै बढिरहेको छ । हवाई यात्रुहरूको संख्या बढेपछि सडक यात्रुहरूको संख्या चाहिँ घटिरहेको छ । सडक यात्राले भन्दा हवाई यात्राले पर्यटकलाई बढी सुविधा दिएका कारणले यस्तो भएको हुनसक्छ । हवाई यात्राको प्रतशित लगातार बढिरहे झैँ सडकयात्राको प्रतिशत चाहिँ लगातार घटिरहेछ । हवाई यातायाताका क्षेत्रमा यो शुभसंकेत हो । युरोपबाहेक अरू सबै क्षेत्रको पर्यटक-परिवहनमा हवाई यातायातको प्रयोग ५० प्रतिशत बढी हुनेगरेको छ । विश्वभरका कूल १.७ अर्ब पर्यटकहरूले हवाई यातायातमार्र्फत आफ्नो यात्रा तय गर्ने गरेका छन् । उता एसिया र प्रशान्त क्षेत्रका हवाई सेवाहरूले आफ्नो परिवहनक्षमता झण्डै १० प्रतिशतले बढाएका छन् । यिनलाई ८० प्रतिशतको विश्वव्यापी अनुमानको भन्दा बढी अर्थात् ८५ प्रतिशत यात्रुभार प्राप्त भइरहेको छ ।
विश्वको हवाई यातायातको विकासको क्रमसँगसँगै हवाई यात्राको लागत कम गर्ने पद्धतितिर ध्यान दिन थालिएको छ । आगामी दिनमा हवाईसेवा र पर्यटनमा अरू चाप थपिई चर्को प्रतिस्पर्धा हुने स्थिति भएकाले लागत कम गर्नेतर्र्फ ध्यान जान थाल्नु स्वाभाविक हो । यस क्षेत्रमा ठूला–ठूला एयरक्राफ्टजस्ता बोइङ ७४७-७७७ देखि एयरबस ३३० सम्म त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्टमा जहाजहरू उत्रिन थालेका छन् । अब बढ्दो परिवहन धान्न विमानस्थलहरूको आफ्नो धावनमार्गलाई अझै वृद्धि गर्नुपर्नेछ । साथसाथै द्रुत टिकेटिङ र उच्च अनुगमनको सुविधा पूरा गर्नुपर्ने भएको छ र पर्यटकीय कागजातको द्रुत व्यवस्थापनको जरुरीसमेत पर्नेछ । इन्टरनेटको व्यापक प्रयोग गरी समयानुकूल हुनु आवश्यक छ भने ट्राभल एजेन्टहरूले प्रविधियुक्त हुनु जरुरी छ । औजार-व्यवस्थापन त्यसैअनुसार नियोजित हुनुपर्ने अर्को आवश्यकता हो । वैकल्पिक वा इच्छाधीन सेवाहरूको पर्याप्तताले गर्दा सोहीअनुरूप यात्रुहरूले बढी मोलाहिजा र बार्गेनिङ गर्ने हुनाले त्यसप्रतिको भूमिका महत्वपूर्ण हुने स्पष्टै छ ।
नेपालमा हाल ६० वटा विमानस्थल छन् र तीमध्ये २५ वटा विमानस्थलको कालोपत्र भइरहेको छ । ३५ वटा कच्ची विमानस्थल छन् । जसमध्ये राति सातवटा एयरपोर्टमा उडान गर्नसक्ने भएका छन, ती सबै विमानस्थललाई संरक्षण गरेर समुचित ढंगले उपयोग गर्ने हो भने त्यसले नेपालको पर्यटन क्षेत्रलाई धेरै फाइदा पुर्याउनेछ ।
परिस्थिति यसरीअघि बढ्दै गइरहेको भए तापनि अस्वस्थ प्रतिस्पर्धाले हवाई सेवाकै क्षमता घटाएको अनुभव गर्नुपरेको छ । लागतको तुलनामा गुणस्तरीय सेवा घट्तै गइरहेको अनुभव हुनथालेको छ । आन्तरिक सेवा–अपरेटरहरूले गठबन्धनर्त ध्यान नपुर्याएकाले यो समस्या खडा भएको भनाइ सम्बन्धित विज्ञहरू व्यक्त गर्न थालेका छन् । युक्तिसंगत र रामो वित्तीय नीति लिएर द्वेष र दम्भलाई हटाउने हो भने तथा अनियमितताले कुनै अस्तव्यस्तता नल्याओस् भन्ने हेतुले सम्बन्धित सरकारले आकाशमा नियम लगाउने हो भने यो समस्याबाट मुक्ति पाउन सकिन्छ भन्ने खालका सुझाव सम्बन्धित सरकारलाई दिन थालिएको छ ।
नेपालको पर्यटन-व्यवसायलाई अग्रगति दिनका लागि नेपाल वायुसेवा निगम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड, निजीस्तरका हवाई–कम्पनीहरू तथा विभिन्न ट्राभल एजेन्सी, यातायात व्यवसायी र होटलहरूको महत्वपूर्ण भूमिका रहेकोमा शंका छैन । अन्य विभिन्न संघसंस्थाको प्रत्यक्ष-अप्रत्यक्ष रूपमा सम्बन्ध छ । तर, सम्बन्धित सम्पूर्ण निकायका बीचमा आवश्यक समन्वय र सामन्जस्य हुन नसक्ता पर्यटन-व्यवसायलाई असर पारेको छ । अस्वस्थ प्रतिस्पर्धाले आफ्नो लक्ष्यप्राप्तिका लागि कठिनाइ छ ।
सरकारी नीतिनिर्धारण गर्नेहरू, चालकदल, हवाई-कम्पनीमा काम गर्ने कर्मचारीहरू, हवाई-कम्पनीका मालिकहरू, सरकारी निगमको व्यवस्थापन पक्षसँग सम्बन्धित व्यक्ति र उड्डयनसँग सम्बन्धित व्यक्तिहरूका दृष्टिकोणमा समन्वय र सामन्जस्य ल्याउन नसकेसम्म (ट्रेकिङ एजेन्सी, नेपाल पर्वतारोहण संघ, होटल एसोसिएटसहरू बीचको असामान्यजस्यता जस्तै) र राष्ट्रिय हितमा ती सबैलाई प्रयोग गर्न नसकेसम्म आन्तरिक तथा बाह्य दुवै पर्यटनको एवं पर्यटन-व्यवसायको भविष्य उज्ज्वल बनाउन अत्यन्त कठिन पर्ने कुरामा कुनै विवाद हुन सक्तैन ।
नेपालको अधिकांश भ–ूभाग पहाड र पर्वतले भरिएको छ । यहाँ उड्डयनको विशेष महत्व छ । नेपालमा हाल ६० वटा विमानस्थल छन् र तीमध्ये २५ वटा विमानस्थलको कालोपत्र भइरहेको छ । ३५ वटा कच्ची विमानस्थल छन् । जसमध्ये राति सातवटा एयरपोर्टमा उडान गर्नसक्ने भएका छन, ती सबै विमानस्थललाई संरक्षण गरेर समुचित ढंगले उपयोग गर्ने हो भने त्यसले नेपालको पर्यटन क्षेत्रलाई धेरै फाइदा पुर्याउनेछ । आगामी दिनमा नेपालमा विदेशी पर्यटकको संख्या बढ्ने कुरा निश्चितप्रायः भएकाले विमानस्थलहरूलाई जुनसुकै समयमा प्रयोग गर्न सकिने स्थितिमा राखिरहनु आवश्यक छ ।
भैरहवा र पोखरा विमानस्थलहरूलाई विमानस्थलका रूपमा कार्यलाई जति सक्दो छिटो सीमित वायुसेवामात्र नभई अन्य वायुसेवाहरूलाई पनि उडानको व्यवस्था गरिनु अति आवश्यक छ । त्यसबाहेक नेपालमा पूर्णरूपले व्यवस्थित रहेको अन्तर्राष्ट्रिय विमानस्थल अत्यन्त आवश्यक भइसकेको छ । यस कुरामा कसैमा विवाद नरहे तापनि त्रिशूली, बनेपा, भक्तपुर, सिमरा, भरतपुर जस्ता स्थानमा चौथौं विमानस्थल बन्नुपर्दछ । अर्कातिर नेपाल वायुसेवा निगमले पर्यटकहरूको कमी हुने जुनसुकै मुलुकसँग द्विपक्षीय हवाई-सम्झौता गर्नुको सट्टा पर्यटकहरू बढी हुने मुलुकहरूसँग बढी सम्बन्ध विस्तार गर्ने हो भने ४२ वटा मुलुकको सट्टा त्योभन्दा कम मुलुकसँग भएको द्विपक्षीय हवाई-सम्झौताले पनि नेपालको पर्यटन-व्यवसायलाई ठूलो टेवा पुग्नेछ ।
हाल सञ्चालन गर्दै आइरहेको धावन मार्गलाई लम्ब्याउन अति अवाश्यकता छ । नेपाल सरकारले सक्दो चाँडै तीनकुनेबाट जडिबुटीसम्म अण्डरग्राउण्ड भूमि मार्ग तयार गर्न सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र सडक विभागले पहल गर्नु अति आवश्यक भइसकेको छ ।
नेपालका बारेमा समाचारहरू सम्प्रेषण गर्दा नवीन पद्धतिअनुरूप आकर्षक रूपबाट विदेशीहरूलाई समाचार-सम्प्रेषण गर्नु आवश्यक छ । विदेशमा रहेका निगमका कार्यालयहरूको व्यवस्थापन, अन्य पक्षमा कुनै कमजोरी रहेका छन् भने सुधार गरेर ती कार्यालयमार्फत निगम र नेपालका विषयमा उचित र जानकारीमूलक समाचारहरू सम्प्रेषण प्रचारप्रसार गर्न सकिन्छ । ती कार्यालयहरूको प्रभावकारी भूमिकाबाट नेपालले प्रशस्त वैदेशिक मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ । सरकारले पर्यटन-उद्योगलाई मुलुकमा अन्य उद्योगसरह प्रेरणा, न्यायिक सुरक्षा र सुविधा उपलब्ध गराई पूर्ण मान्यता दिनुपर्छ एवं निजी क्षेत्रसँगको कार्यगत सम्बन्ध सुदृढ बनाउँदै सरकारले मुलुकमा सर्वसाधारण जनता, उद्योग एवं पर्यटनक्षेत्रमा शान्तिसुरक्षाको प्रत्याभूति दिनुपर्छ । पर्यटनसँग सम्बद्ध व्यावसायिक सेवालाई प्रष्ट रूपले परिभाषित गरी एक-अर्काको क्षेत्रमा अनधिकार रूपमा गर्ने गरेका व्यावसायिक क्रियाकलापको अविलम्ब अन्त्य गराउनेतर्फ सरकार संवेदनशील हुनु आवश्यक छ ।
नेपालभित्र रहेका गन्तव्यस्थलमध्ये सम्बन्धित व्यवसायीबाट समुचित सम्भाव्यता अध्ययन गराई नयाँ गन्तव्यस्थलको प्रतिवेदन तयार पारी तिनलाई प्रचारप्रसार गराउने हो भने त्यसले पनि धेरै फ्इदा पुर्याउनेछ । पर्यटन-प्रवद्र्धन गर्दा अन्तर्राष्ट्रिय परिप्रेक्ष्यलाई मात्र होइन, क्षेत्रीय प्रतिस्पद्र्धालाई पनि ध्यान दिँदै तदनुरूपको नीतिनिर्माण गर्नुका साथै अन्य सम्भावित मुलुकमा बजार-प्रवद्र्धन गर्नुपर्छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक स्वरूप एवं सुविधाको विकासका लागि अविलम्ब उपयुक्त कदम चालिनुपर्छ र खुला आकाशनीतिलाई कागजमा मात्र सीमित नराखी नियमित उडानहरूलाई प्राथमिकता दिई थप सुविधा र सहुलियत प्रदान गरिनुपर्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले (हाल पार्किङ गरेर राखेको स्थान) पूर्वतर्फको खाली जग्गालाई आन्तरिक उडान गर्न सानातिना जहाजलाई उडान गर्नसक्ने गरी व्यवस्थित गर्न सकिन्छ । गुहेश्वरीतर्फ हाल पार्किङ गरी राखेका जहाजहरू राख्न सकिन्छ र नेपाल आयल निगमको तेल भण्डारलाई तीनकुनेतर्फ सार्न सकिन्छ भने दक्षिणतर्फको हालको एयरपोर्टलाई लम्बाइतर्फ गरी ११ वटा विमान पार्किङ क्षेत्रबाट १५ देखि २० वटासम्म विमान व्यवस्थित तवरले राख्न सकिन्छ । तसर्थ प्राधिकरणले यसतर्फ तत्काल ध्यान पुर्याउनु आवश्यक छ । हाल सञ्चालन गर्दै आइरहेको धावन मार्गलाई लम्ब्याउन अति अवाश्यकता छ । नेपाल सरकारले सक्दो चाँडै तीनकुनेबाट जडिबुटीसम्म अण्डरग्राउण्ड भूमि मार्ग तयार गर्न सम्माननीय प्रधानमन्त्री, माननीय मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले र सडक विभागले पहल गर्नु अति आवश्यक भइसकेको छ ।
आन्तरिक हवाई-उडानमा यात्रुहरूको सुरक्षाको सक्दो छिटो प्रत्याभूति दिनुका साथै निजी क्षेत्रबाट सञ्चालन हुने हवाई–कम्पनीहरूलाई थप इजाजत दिनेतर्फ नियन्त्रण गर्ने र सरकारमा दर्ता नगरी अनधिकृत रूपले चलाइएका हवाई-कम्पनीहरूलाई कडा कारबाही गरिने र प्राधिकरणमा उडान र पार्किङ क्षेत्र अनुमति लिई र पार्किङ गर्नुपर्ने स्थानमा पार्किङ नगर्ने र उडान पनि नगरि नीजि क्षेत्रका हवाई कम्पनीले कार्य गर्दै आइरहेको हुनाले काठमाडौं विमानस्थलमा पार्किङको चाप हुँदै गइरहेको छ त्यसकारण त्यस्ता निजी कम्पनीलाई जेजस्तो अनुमति लिएको छ सोही अनुसार कार्य गर्न लगाउनु प्राधिकरणको व्यवस्था हुनु जरुरी छ ।
आन्तरिक उडान सेवाहरूबीचको अस्वस्थकर प्रतिस्पर्धा हट्न जानेछ । तर, यसका लागि समयानुकूल, दिगो र दीर्घकालीन परिप्रेक्ष्यमा राष्ट्रिय पर्यटननीति बनाउनु अपेक्षित छ । निजी क्षेत्रका पर्यटनसँग सम्बन्धित संघसंस्थाहरूको समानुपातिक प्रतिनिधित्वका आधारमा उच्चस्तरीय अधिकारसम्पन्न र नेपाल पर्यटन बोर्डसँग त्यसले सामन्जस्य राखी काम गर्नु आवश्यक छ । सरकारले सबैको सहमति र सामन्जस्यमा राष्ट्रिय पर्यटननीति बनाई त्यसलाई कडाइका साथ लागू गर्ने हो भने नेपालमा पर्यटनक्षेत्रको विकास नहुने कुरै छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच