देउवाद्वारा कानुन समितिको सभापतित्व ग्रहण

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून न्याय तथा मानव अधिकार समितिको सभापतित्व ग्रहण गर्नुभएकाे छ ।

आज देखी सुरु भएको प्रतिनिधिसभाका १० बिषयगत समिति मध्ये कांग्रेस सभापति देउवाले कानुन समितिको अध्यक्षता गर्नुभएकाे हाे ।

उहाँले जेष्ठ सदस्यको नाताले सो समितिको सभापतित्व ग्रहण गरेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी राजनीतिक दलका अध्यक्ष मध्ये राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने राज्य व्यवस्था समितिको बैठकको सभापतित्व ग्रहण गर्नुभएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?