![संसद्लाई प्रभावकारी बनाउनुपर्नेमा नेतृत्व तहको जोड](https://ehimalayatimes.com/wp-content/uploads/2024/07/Emphasis-of-the-leadership-level-on-making-the-parliament-effective-Hita-fornt-page.jpg)
काठमाडौं । भेनेजुएला र इक्वेडर कोपा अमेरिकाको क्वाटरफाइनलमा पुगेका छन् ।सोमबार बिहान सम्पन्न समुह चरणका अन्तिम खेलमा भेनेजुएलाले जमैकालाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।
भेनेजुएलाको जितमा एडुवार्ड बेलो, सालोमोन रोनडन र एरिक रामिरेजले एक एक गोल गरेका थिए । यो जितपछि भेनेजुएलाले समुह चरणका तिनै खेल जितेर ९ अंकसहित शिर्ष स्थानमा रहदै क्वाटरफाइनलमा पुगेको छ ।
त्यस्तै अर्को खेलमा इक्वेडर र मेक्सिको गोल रहित बराबरी खेलेपछि दुवैको ४/४ अंक भएको छ र गोल अन्तरका आधारमा इक्वेडर क्वाटरफाइनलमा पुगेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिको र चौथो स्थानमा रहेको जमैका समुह चरणबाट बाहिरिएका छन् ।
अब क्वाटरफाइनलमा इक्वेडरले अर्जेन्टिनाको सामना गर्ने छ । यो खेल जुलाई ४ मा हुने छ । त्यस्तै भेनेजुएलाले भने क्वाटरफाइनलमा क्यानडाको सामना गर्ने छ । यो खेल जुलाई ५ मा हुने छ ।
![रन्जितालाई नाउपाको संसदीय दलको नेताबाट हटाइयो](https://ehimalayatimes.com/wp-content/uploads/2022/12/Ranjita-Shrestha-Unmukti-parti.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच